जनकपुरधाममा महाअष्टमीमा दुई करोडको लड्डु बिक्री « Khabarhub

जनकपुरधाममा महाअष्टमीमा दुई करोडको लड्डु बिक्री


१७ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

धनुषा- मधेस प्रदेशको राजधानी जनकपुरधाम दसैँको महाअस्ष्टमीका दिन विभिन्न शक्तिपीठमा प्रसाद चढाउनका लागि करिब रु दुई करोडको लड्डु बिक्री भएको छ ।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले आज जनकपुरधाममा करिब ३५ हजार किलो लड्डु बिक्री भई रु दुई करोडको आर्थिक कारोबार भएको हुनसक्ने जानकारी दिए।

उनले भने, ‘बजारमा फरक–फरक प्रकारका लड्डुको बिक्री भएको छ । त्यसमा रिफाइन घ्यूवाला लड्डु, शुद्ध घ्यूवाला लड्डु, मोतीचूरको लड्डु, महीनदाना लड्डु, गोंद लड्डु, मेवा लड्डु लगायत बिक्री भएको हो । यसबाहेक खीर कदम, केसर सन्देश, मेवा पैक, काजु बर्फीको पनि बिक्री भएको छ । यस हिसाबले हेर्ने हो भने करिब रु दुई करोडको लड्डु बिक्री भएको अनुमान छ ।’

जनकपुरधाम मुख्य बजार क्षेत्रमा रहेको दुई सयभन्दा बढी मिठाई पसलबाट मिठाई बिक्री भएको हो । हंसराज मिठाई पसलका सञ्चालक हंसराजले महाअष्टमीका दिन माता राजदेवीलाई प्रसाद चढाउनका लागि अधिकांशले लड्डु खरिद गरेको बताए ।

बजारमा आइतबार साँझदेखि नै मिठाई पसलेहरू लड्डु बनाउन व्यस्त देखिएका थिए भने आइतबार रातिदेखि ग्राहकको भीड पनि अत्यधिक बढेको थियो ।

अर्कोतर्फ बजार अनुगमनको अभावले अखाद्य सामग्रीको प्रयोग गरी बनाइएका लड्डुहरु पनि अत्यधिक मात्रामा बिक्री भएको उपभोक्ताहरुले बताएका छन् ।

बजारमा सानादेखि ठूला मिठाई पसल सञ्चालन गर्ने पसलेहरुले अखाद्य सामग्रीको प्रयोग गरी बनाएका मिठाई सेवनका कारण मानव स्वास्थ्यमाथि गम्भीर प्रभाव पार्नसक्ने स्वास्थ्यकर्मीहरूले जनाएका छन् ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  ९ : ४४ बजे

गुल्मीको भार्सेमा भिक्टोरिया क्रस विजेता रानाको सालिक स्थापना

गुल्मी– लाहुरेहरूको गाउँका रूपमा परिचित गुल्मीको सत्यवती गाउँपालिका– ८ भार्सेमा

‘बिटुमिन’ जम्न नपाउँदा कालोपत्र भत्कियो, सुधार गर्ने प्रतिबद्धता 

म्याग्दी– कालोपत्र भएको एक महिनामै भत्किन थालेको यहाँको बेनी नगरपालिकाको

‘अपदस्थ’ र ‘असक्षम’को गठजोडले ल्याएको प्रलय

जीवनको उत्तरार्द्धमा अल्बर्ट आइन्स्टाइनलाई कसैले सोध्यो- ‘यदि पुनर्जन्म हुन्छ भने

रास्वपाले आज बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (सोमबार) बृहत राजनीतिक

निर्वाचन आयोगलाई प्रश्न- अन्तर जिल्ला मतदानको अधिकार खाेइ ?

निर्वाचनको तिथि आउन दुई महिना बाँकी छ । सरकारले चुनावका