उम्मेदवार चयनमा प्रवेश गर्ने कांग्रेसको निर्णय « Khabarhub

उम्मेदवार चयनमा प्रवेश गर्ने कांग्रेसको निर्णय


१७ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार चयनमा प्रवेश गर्ने निर्णय गरेको छ ।

सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । यही असोज ३ गते निर्वाचन आयोगमा बुझाइएको समानुपातिक तर्फको बन्दसूचीमा संसदीय समिति एवं कार्यसम्पादन समितिले सभापतिलाई अधिकार प्रत्यायोजन गरेबमोजिम सभापतिले नेतृत्व पङ्क्तिको परामर्श, सुझाव र सहमतिमा केही नाम हेरफेर गरेर असोज १५ गते बुझाएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकले सर्वसम्मतिले पारित गरेको प्रस्तावमा उम्मेदवार चयन गर्दा पार्टीको विभिन्न तहबाट विधानबमोजिम उम्मेदवारका लागि भएको सिफारिस, व्यक्तिगत योग्यता, नैतिकता, कार्यक्षमता, लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदान, सामाजिक भूमिका, पार्टीको विभिन्न तह र क्षेत्रमा गरेको योगदान, लोकप्रियता एवं आगामी दिनको सम्भावना समेतलाई आधार बनाइने निर्णय गरेको छ ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कुनै पनि पदमा उम्मेदवार भएको व्यक्तिलाई प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको उम्मेदवार नबनाउने निर्णय पनि कांगे्रसले गरेको छ । यसअघि कारबाहीमा परेकालाई आगामी निर्वाचनमा खेल्ने भूमिकाका आधारमा थप निर्णय गर्ने पनि कांगे्रस कार्यसम्पादन समितिको निर्णय छ ।

स्थानीय निर्वाचन क्रममा अनुशासन उल्लङ्घन गरेका र कारवाहीको प्रक्रियामा रहेका, कुनै पनि कारणवश निष्क्रिय बसेका पार्टीका जो कोही सदस्यलाई मङ्सिर ४ गतेको निर्वाचनमा पार्टीमा पूर्ववत् सक्रिय भएर पार्टीको विजय अभियानमा सहभागी हुन पनि बैठकले अपील गरेको छ ।

बैठकले विजया दशमीलगायत सबै चाडपर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी दाजुभाइमा नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले शुभकामना व्यक्त गरेको छ ।

निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारहरूलाई विजय गराउन पार्टीपङ्क्ति सम्पूर्णरूपले एकताबद्ध र अनुशासनका साथ दृढ ढङ्गले परिचालित हुने निर्णय पनि बैठकले गरेको मुख्यसचिव पौडेलले बताए । केन्द्रीय कार्यसम्पादन समितिको अर्को बैठक २०७९ असोज २० गते बिहान ९ बजे बस्ने पनि जनाइएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७९, सोमबार  १० : ४६ बजे

इलाम गोल्डकप : एनआरटी र मच्छिन्द्र फाइनलमा भिड्ने

मङ्गलबारे– डिफेन्डीङ च्याम्पियन न्यूरोड टिम (एनआरटी), काठमाडौं इलाममा जारी तेस्रो इलाम

जेठ २३ गते लाङटाङ ट्रेल रन आयोजना हुने

काठमाडौं– रसुवा–नुवाकोट क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित लाङटाङ ट्रेल रन

पक्राउ परे व्यवसायी शेखर गोल्छा

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवम् व्यवसायी शेखर गोल्छालाई

भारतको करिब ५.८ करोड सहयोगमा निर्माण हुन लागेको विद्यालय भवन शिलान्यास

झापा- झापाको गौरादह नगरपालिका–१ मा रहेको श्री जनता माध्यमिक विद्यालयको

होर्मुजमा बारुदी सुरुङ सफाइमा ६ महिना लाग्ने चेतावनी

काठमाडौं- विश्व ऊर्जा आपूर्तिको अत्यन्त संवेदनशील मार्ग मानिने स्ट्रेट अफ