नेपालमा बढ्दैछ पाठेघरको क्यान्सर | Khabarhub Khabarhub

नेपालमा बढ्दैछ पाठेघरको क्यान्सर

धनी देशमा घट्दैछ क्यान्सरको ग्राफ



पछिल्लो समय महिलामा प्रजनन् समस्या बढ्दै गएको छ। प्रजनन् स्वास्थ्यमा महिनावारी सुक्ने समयमा देखिने समस्या केही छन्। त्यो भन्दा धेरै रगत बग्ने समस्याले पनि पछिल्लो समय धेरै महिलालाई सताएको छ। यसै विषयमा आधारित भएर महिला तथा प्रजनन् रोग विशेषज्ञ डा. गिसुप प्रसाईसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

महिलामा पाठेघरको मुखको क्यान्सर प्रमुख समस्याका रुपमा देखिन्छ, यसको अवस्था किन बढिरहेको छ ?
हाम्रो जस्तो विकासोन्मुख देशमा यो पाठेघरको मुखको क्यान्सर बढिरहेको छ। यो धनी राष्ट्रमा घट्दै गएको छ। हाम्रोमा खानपान जीवनशैलीको कारणले पनि बढेको छ। हामीले सुरुको अवस्थामा स्कृलिनिङ टेस्ट गरेर पनि पहिलाको अवस्थामा जाँच गर्न सक्छौँ। यसका लक्षण छिटो देखिने भएकाले सुरुको अवस्थामा नै उपचार गरियो भने चाँडो र पूर्णरूपमा निको हुन्छ।

पाठेघरको मुखमा क्यान्सरबारे पहिला नै कसरी थाहा पाउने त ?
अस्पताल जाने र हामीले टेस्ट गरेर क्यान्सर भएको छ कि छैन भनेर थाहा पाउँछौँ।

महिलामा यो समस्या ह्युमन प्यापिलोमा भाइरसको कारणले मात्र हुने हो कि अरू पनि कारण छन् त ?
यो हुने कारण त ह्युमन प्यापिलोमा भाइरसको कारणले नै हो। यो मुख्य शारीरिक सम्पर्कको बानी हुन्छ। जुन धेरै पार्टनर हुने हुन्छ। धेरै बच्चा हुनेलाई ध्यान नदिँदा पनि यो समस्या भएको छ।

यो समस्या धेरै बढुनुको कारण अनि रोक्ने उपाय के हुनसक्छ ?
यो पाठेघरको क्यान्सरसँगै अरू ३३ प्रतिशत क्यान्सरलाई हामी रोक्न सक्छौँ। पाठेघरको मुखको क्यान्सरको कुरामा खानपानदेखि लिएर यौन सम्पर्क र धेरै बच्चा जन्माउँदा हुने असरका बारेमा हामीले जनमानसमा जानकारी दिन जरुरी छ। हामीले नेपालका विभिन्न विकट ठाउँमा पनि जनचेतना पुर्याउन सक्यौ भने सहज हुन्छ। रोग पहिचान गर्न सजिलो होस् भनेर पनि जनचेतनाको आवश्यकता पर्छ।

ग्रामीण भेगका महिलालाई उपचारको पहुँचमा समेट्न सरकारले के गर्नु पर्ला ?
पहिलो प्राथमिकता सरकारलाई नै दिनुपर्छ। तर, यसमा सरकाले मात्र गर्न नसक्ला। अस्पतालले पनि माहिलालाई उपचारको पहुँचमा समेट्नु पर्दछ। सरकारी अस्पताल पनि कतै राम्रो छ तर धेरै ठाउँमा राम्रो सुविधा राखिएको छैन। अहिले नेपालमा चितवन काठमाडौँ र पूर्वमा केही सेन्टर खुलेका छन्। त्यसलाई सात वटै प्रदेश गरेर प्रत्येक जिल्लामा पुर्याउनुपर्ने देखिन्छ।

पाठेघरको मुखमा क्यान्सर भएर उपचार गराई रहनु भएकोले के–के कुरामा ध्यान दिने त ?
खानेकुरा ध्यान दिएर खाने गर्नुपर्छ, छालामा इन्फेक्सन हुन नदिने, धेरै तातोपानी हाल्ने काम गर्नु भएन। धेरै चिल्लो नखाने, सरसफाइमा ध्यान दिने, शारीरिक सम्बन्ध राख्दा सुरक्षित राख्ने, एक पटक क्यान्सर भएपछि त्यो पछिपछि अर्को ठाउँमा दोहोरिने चान्स धेरै हुन्छ। त्यसैले लागेपछि उपचार भन्दा लाग्नै नदिनु राम्रो हुन्छ।

पहिला नै यस्तो समस्या नआओस् भनेर केके कुरामा ध्यान दिने ?
पहिला कम उमेरमा शारीरिक सम्पर्क नराख्ने, धेरैसँग सम्बन्ध नराख्ने, धेरै बच्चा नजन्माउने, शारीरिक अंग सफा गर्ने र भ्याक्सिन समयमा लिने गर्नु पर्दछ। यस्ता कुराहरु ख्याल गरेमा रोग लाग्ने जोखिम कम हुन्छ। प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  ७ : १८ बजे

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश