नेपालमा बढ्दैछ पाठेघरको क्यान्सर « Khabarhub

नेपालमा बढ्दैछ पाठेघरको क्यान्सर

धनी देशमा घट्दैछ क्यान्सरको ग्राफ



पछिल्लो समय महिलामा प्रजनन् समस्या बढ्दै गएको छ। प्रजनन् स्वास्थ्यमा महिनावारी सुक्ने समयमा देखिने समस्या केही छन्। त्यो भन्दा धेरै रगत बग्ने समस्याले पनि पछिल्लो समय धेरै महिलालाई सताएको छ। यसै विषयमा आधारित भएर महिला तथा प्रजनन् रोग विशेषज्ञ डा. गिसुप प्रसाईसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

महिलामा पाठेघरको मुखको क्यान्सर प्रमुख समस्याका रुपमा देखिन्छ, यसको अवस्था किन बढिरहेको छ ?
हाम्रो जस्तो विकासोन्मुख देशमा यो पाठेघरको मुखको क्यान्सर बढिरहेको छ। यो धनी राष्ट्रमा घट्दै गएको छ। हाम्रोमा खानपान जीवनशैलीको कारणले पनि बढेको छ। हामीले सुरुको अवस्थामा स्कृलिनिङ टेस्ट गरेर पनि पहिलाको अवस्थामा जाँच गर्न सक्छौँ। यसका लक्षण छिटो देखिने भएकाले सुरुको अवस्थामा नै उपचार गरियो भने चाँडो र पूर्णरूपमा निको हुन्छ।

पाठेघरको मुखमा क्यान्सरबारे पहिला नै कसरी थाहा पाउने त ?
अस्पताल जाने र हामीले टेस्ट गरेर क्यान्सर भएको छ कि छैन भनेर थाहा पाउँछौँ।

महिलामा यो समस्या ह्युमन प्यापिलोमा भाइरसको कारणले मात्र हुने हो कि अरू पनि कारण छन् त ?
यो हुने कारण त ह्युमन प्यापिलोमा भाइरसको कारणले नै हो। यो मुख्य शारीरिक सम्पर्कको बानी हुन्छ। जुन धेरै पार्टनर हुने हुन्छ। धेरै बच्चा हुनेलाई ध्यान नदिँदा पनि यो समस्या भएको छ।

यो समस्या धेरै बढुनुको कारण अनि रोक्ने उपाय के हुनसक्छ ?
यो पाठेघरको क्यान्सरसँगै अरू ३३ प्रतिशत क्यान्सरलाई हामी रोक्न सक्छौँ। पाठेघरको मुखको क्यान्सरको कुरामा खानपानदेखि लिएर यौन सम्पर्क र धेरै बच्चा जन्माउँदा हुने असरका बारेमा हामीले जनमानसमा जानकारी दिन जरुरी छ। हामीले नेपालका विभिन्न विकट ठाउँमा पनि जनचेतना पुर्याउन सक्यौ भने सहज हुन्छ। रोग पहिचान गर्न सजिलो होस् भनेर पनि जनचेतनाको आवश्यकता पर्छ।

ग्रामीण भेगका महिलालाई उपचारको पहुँचमा समेट्न सरकारले के गर्नु पर्ला ?
पहिलो प्राथमिकता सरकारलाई नै दिनुपर्छ। तर, यसमा सरकाले मात्र गर्न नसक्ला। अस्पतालले पनि माहिलालाई उपचारको पहुँचमा समेट्नु पर्दछ। सरकारी अस्पताल पनि कतै राम्रो छ तर धेरै ठाउँमा राम्रो सुविधा राखिएको छैन। अहिले नेपालमा चितवन काठमाडौँ र पूर्वमा केही सेन्टर खुलेका छन्। त्यसलाई सात वटै प्रदेश गरेर प्रत्येक जिल्लामा पुर्याउनुपर्ने देखिन्छ।

पाठेघरको मुखमा क्यान्सर भएर उपचार गराई रहनु भएकोले के–के कुरामा ध्यान दिने त ?
खानेकुरा ध्यान दिएर खाने गर्नुपर्छ, छालामा इन्फेक्सन हुन नदिने, धेरै तातोपानी हाल्ने काम गर्नु भएन। धेरै चिल्लो नखाने, सरसफाइमा ध्यान दिने, शारीरिक सम्बन्ध राख्दा सुरक्षित राख्ने, एक पटक क्यान्सर भएपछि त्यो पछिपछि अर्को ठाउँमा दोहोरिने चान्स धेरै हुन्छ। त्यसैले लागेपछि उपचार भन्दा लाग्नै नदिनु राम्रो हुन्छ।

पहिला नै यस्तो समस्या नआओस् भनेर केके कुरामा ध्यान दिने ?
पहिला कम उमेरमा शारीरिक सम्पर्क नराख्ने, धेरैसँग सम्बन्ध नराख्ने, धेरै बच्चा नजन्माउने, शारीरिक अंग सफा गर्ने र भ्याक्सिन समयमा लिने गर्नु पर्दछ। यस्ता कुराहरु ख्याल गरेमा रोग लाग्ने जोखिम कम हुन्छ। प्रस्तुति : पुष्पाञ्जली बस्नेत

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  ७ : १८ बजे

परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको भेट

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले बुधबार

प्रसाईंको जवाफ : आरजुसँग अढाई वर्षअघि भेटेको फोटो अहिले भाइरल बनाइदिए

काठमाडौं- सर्वोच्च अदालतको आदेशपछि रिहा भएका बीएन्डसी मेडिकल कलेजका मालिक

झाडीमा परिणत भएको गोरखकाली टायर उद्योग (तस्बिरहरू)

गोरखा- २०४१ साल जेठ ३० गते उद्योग विभागमा दर्ता भएर

हिरासतबाट निस्किएपछि झन् उग्र प्रसाईं, मतदातालाई भने : देश सक्ने चुनावमा गएर भोट नहाल्नू

काठमाडौं- सर्वोच्च अदालतको आदेशपछि रिहा भएका बीएन्डसी मेडिकल कलेजका मालिक

बेचबिखनविरूद्धको राष्ट्रिय नीति कार्यान्वयनमा जोड

काठमाडौं– महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखनविरूद्धको