सेभियासँग सिटीको पुनरागमन जित « Khabarhub

सेभियासँग सिटीको पुनरागमन जित


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सेभियाविरुद्ध ३-१ को पुनरागमन जितसहित म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको शीर्षस्थानमा रहँदै प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ।

सेभियामाथिको जितसँगै समूह जी को शीर्ष स्थानमा सिटीको १४ अंक रह्यो। दोस्रो स्थानको बोरुसिया डर्टमन्डको नौ अंक रह्यो। दुवै क्लब प्रिक्वारटफाइनलमा स्थान बनाएका छन्। यस्तै, तेस्रो स्थानको सेभियाले पाँच अंक जोड्यो भने चौथो स्थानको एफसी कोपनहेगनको तीन अंक रह्यो। दुवै क्लब समूह चरणबाट माथि बढ्न सकेनन्।

३१औँ मिनेटमा राफा मिरले गरेको गोलमा सेभियाले अग्रता लिएको थियो। ५२औँ मिनेटमा रिको लुइसले सिटीलाई खेलमा फर्काए। लुइसले १७ वर्ष तीन सय ४६ को दिनको उमेरमा सिटीबाट पहिलो पटक सुरुआती ११ मा स्थान बनाएका थिए।

७३औँ मिनेटमा अल्भारेजले सिटीकालाई २-१ को अग्रता दिलाए। खेल सकिन सात मिनेट बाँकी रहँदा रियाद महारेजले सिटीका लागि तेस्रो गोल गरे।

त्यस्तै, बोरुसिया डर्टमन्ड र एफसी कोपनहेगनले १-१ को बराबरी खेले।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  ९ : १६ बजे

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६