सेभियासँग सिटीको पुनरागमन जित « Khabarhub

सेभियासँग सिटीको पुनरागमन जित


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सेभियाविरुद्ध ३-१ को पुनरागमन जितसहित म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको शीर्षस्थानमा रहँदै प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ।

सेभियामाथिको जितसँगै समूह जी को शीर्ष स्थानमा सिटीको १४ अंक रह्यो। दोस्रो स्थानको बोरुसिया डर्टमन्डको नौ अंक रह्यो। दुवै क्लब प्रिक्वारटफाइनलमा स्थान बनाएका छन्। यस्तै, तेस्रो स्थानको सेभियाले पाँच अंक जोड्यो भने चौथो स्थानको एफसी कोपनहेगनको तीन अंक रह्यो। दुवै क्लब समूह चरणबाट माथि बढ्न सकेनन्।

३१औँ मिनेटमा राफा मिरले गरेको गोलमा सेभियाले अग्रता लिएको थियो। ५२औँ मिनेटमा रिको लुइसले सिटीलाई खेलमा फर्काए। लुइसले १७ वर्ष तीन सय ४६ को दिनको उमेरमा सिटीबाट पहिलो पटक सुरुआती ११ मा स्थान बनाएका थिए।

७३औँ मिनेटमा अल्भारेजले सिटीकालाई २-१ को अग्रता दिलाए। खेल सकिन सात मिनेट बाँकी रहँदा रियाद महारेजले सिटीका लागि तेस्रो गोल गरे।

त्यस्तै, बोरुसिया डर्टमन्ड र एफसी कोपनहेगनले १-१ को बराबरी खेले।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  ९ : १६ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ