यू १५ महिला साफ च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै « Khabarhub

यू १५ महिला साफ च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेशमा जारी यू १५ महिला साफ च्याम्पियनसिपमा आज नेपाल र भुटान भिड्दैछन् । अपराह्न सवा ४ बजे सुरु हुने खेल अघि प्रशिक्षक भगवती रानाले नेपालको प्लेईङ सेट सार्वजनिक गरेकी छिन् ।

भुटानविरुद्ध कप्तान दीपा रोकायाले नेपालको अग्रपङ्क्तिको जिम्मेवारी पाएकी छिन् । यसैगरी गोलपोष्टको जिम्मेवारी सुजाता तामाङलाई दिइएको छ । ढाकामा हुने खेलमा विजयी हुँदै नेपाल प्रतियोगितामा सुखद् सुरुवात गर्ने लक्ष्यमा छ । उपाधि जित्ने लक्ष्यसहित ढाका पुगेको नेपालले पहिलो खेल खेल्न लागेको हो । 

यसअघि उद्घाटन खेलमा बंगलादेशले भुटानलाई ८-० अन्तरले पराजित गरेको थियो । डवल राउन्ड रोबिन आधारमा जारी प्रतियोगितामा तीन टोलीको सहभागिता रहेको छ । शीर्ष टोलीले उपाधि जित्नेछ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  १ : ४८ बजे

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ