यू १५ महिला साफ च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै | Khabarhub Khabarhub

यू १५ महिला साफ च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेशमा जारी यू १५ महिला साफ च्याम्पियनसिपमा आज नेपाल र भुटान भिड्दैछन् । अपराह्न सवा ४ बजे सुरु हुने खेल अघि प्रशिक्षक भगवती रानाले नेपालको प्लेईङ सेट सार्वजनिक गरेकी छिन् ।

भुटानविरुद्ध कप्तान दीपा रोकायाले नेपालको अग्रपङ्क्तिको जिम्मेवारी पाएकी छिन् । यसैगरी गोलपोष्टको जिम्मेवारी सुजाता तामाङलाई दिइएको छ । ढाकामा हुने खेलमा विजयी हुँदै नेपाल प्रतियोगितामा सुखद् सुरुवात गर्ने लक्ष्यमा छ । उपाधि जित्ने लक्ष्यसहित ढाका पुगेको नेपालले पहिलो खेल खेल्न लागेको हो । 

यसअघि उद्घाटन खेलमा बंगलादेशले भुटानलाई ८-० अन्तरले पराजित गरेको थियो । डवल राउन्ड रोबिन आधारमा जारी प्रतियोगितामा तीन टोलीको सहभागिता रहेको छ । शीर्ष टोलीले उपाधि जित्नेछ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  १ : ४८ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र