नाट्टाद्वारा एयरलाइन्स टिकेटिङ, टुर प्रोडक्ट डेभलपमेन्ट र कस्टोमर केयर तालिम सञ्चालन « Khabarhub

नाट्टाद्वारा एयरलाइन्स टिकेटिङ, टुर प्रोडक्ट डेभलपमेन्ट र कस्टोमर केयर तालिम सञ्चालन


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले एयरलाइन्स टिकेटिङ, टुर प्रोडक्ट डेभलपमेन्ट र कस्टोमर केयर तालिम सञ्चालन गरिरहेको छ । पर्यटन व्यवसाय विकास र विस्तारका लागि आवश्यक सीपयुक्त जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ नाट्टाले देशको सात वटै प्रदेश लाई लक्षित गरि एयरलाइन्स टिकेटिङ, टुर प्रोडक्ट डेभलपमेन्ट र कस्टोमर केयर तालिम सञ्चालन गरिरहेको हो । सबै कार्यक्रमको संयोजन नाट्टा सचिव तथा तालिम संयोजक युविका भण्डारीले गरिरहेकी छिन् ।

अन्तराष्ट्रिय श्रम संगठन र नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा जम्मा ३० जना प्रशिक्षार्थीका लागि १ महिने कार्यस्थलमा आधारित तालिम कार्यक्रमको शुभारम्भ कार्तिक १६ गते नाट्टा अध्यक्ष रमेश थापाले काठमाडौँमा गरे । ति प्रशिक्षार्थीहरूलाई ८ दिनको सैद्धान्तिक ज्ञान र स्थलगत अध्ययन पछि पर्यटन व्यवसाय सञ्चालन भइरहेको कम्पनीहरूमा व्यवहारिक सीप आर्जनका लागि पठाइने छ ।

त्यसै गरि  संयुक्त राष्ट्र संघ विकास कार्यक्रमको सहयोगमा नेपाल पर्यटन बोर्डको जीविकोपार्जनका लागि दिगो पर्यटन परियोजना अन्तरगत काठमाडौँ, बुटवल, पोखरा, नेपालगन्ज, वीरगन्ज र विराटनगर गरि जम्मा ६ वटा स्थानमा आयोजना हुने गरि तालिम कार्यक्रमहरू शुरु भएको छ । यि सबै स्थानमा ६०/६० जना को लागि अवसर उपलब्ध हुने र जम्मा २४० जना प्रशिक्षार्थीले ५ दिने तालिम लिनेछन् । 

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  २ : १७ बजे

ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डको विषयमा अमेरिका समर्थक नहुने

शिक्षकलाई स्थानीय भत्ता वितरण

भोजपुर– रामप्रसाद राई गाउँपालिकाले शिक्षकलाई प्रोत्साहन भत्ता प्रदान गर्न थालेको

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

चितवन– नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा

कांग्रेसको देउवा समूहले गगनलाई सभापति स्वीकारेन, आइतबार सर्वोच्च जाने 

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले गगन थापालाई पार्टी सभापतिको

झापा–५ मा ओलीसँग बालेन भिड्न कस्सिँदा नेकपाले रञ्जितलाई अघि सर्‍याे 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी फागुन २१ मा