सेयर बजार नेप्सेमा दोहोरो अंकको गिरावट « Khabarhub

सेयर बजार नेप्सेमा दोहोरो अंकको गिरावट


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेयर बजार परिसूचक बिहीबार दोहोरो अंकले ओरालो लागेको छ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १६.१४ अंकले घटेर १९२२.१६ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । 

क वर्गको सेन्सेटिभ इन्डेक्स पनि घटेको छ । सेन्सेटिभ इन्डेक्सको ३.५० अंकले घटेर ३९७.४३ विन्दुमा पुगेको हो । साथै, बिहीबार १८५ कम्पनीको कारोबार भएको छ, जसमा २७ कम्पनीको मूल्य बढ्दा जम्मा १५३ कम्पनीको मूल्य घटेको छ र ५ कम्पनी  स्थिर छ । कूल १८५ वटा कम्पनीमा २७ लाख ६७ हजार ५३९ कित्ता सेयर किनबेच हुँदा ८९ करोड ८९ लाख ७ हजार ८३० रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

बिहीबार जम्मा २ वटा कम्पनीमा वृद्धि भएको छ भने अन्य कम्पनीहरूमा ओरालो लागेको छ । निर्जीवन बिमा ०.६२ अंकले र जीवन बिमामा १.४ अंकले वृद्धि भएको छ । डेभलोप्मेट बैंकमा ४१.५९,  होटल तथा पर्यटन २०.९३,  बैकिङ ११.३६, फाइनान्समा १९.४५, हाइड्रो पावरमा २७.६५, माइक्रो फाईनान्समा ४७.२३  अन्य कम्पनीहरुमा ओरालो लागेको छ  । 

त्यसैगरी, यूनिभर्सल नेपालको सेयर मूल्य ६.६५ र नबिल ब्यालेन्स फण्ड कम्पनी ५.९२ ले बढेको छ । एभरेष्ट बैंकको ४ करोड ३ लाख ५१ हजार बढिको कारोबार भएको छ भने गरीमा विकास बैंकको ३ करोड ६ लाख १८ हजारको कारोबार भएको छ 

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  ३ : ५९ बजे

प्रधानमन्त्री वालेन्द्रमाथि ‘इन्डिया टुडे’को प्रश्नैप्रश्न, खस्किएकै हो त लोकप्रियता ?

काठमाडौं– नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको १५० दिन

बेइजिङमा डोभाल–हान भेट, सीमा शान्ति र सम्बन्ध सुधारमा जोड

बेइजिङ– भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै

अमेरिकी प्रतिबन्धबारे चीनले भन्यो : इरानसँगको सहकार्य अन्तर्राष्ट्रिय कानुनअनुसार

बेइजिङ- इरानमाथि अमेरिकाले पछिल्लो पटक लगाएको प्रतिबन्धबारे अर्को शक्ति राष्ट्र

सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : मन्त्री डा तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रविधिको तीव्र विकाससँगै

‘डन ३’ विवादमा रणवीर सिंह, ४५ करोड क्षतिपूर्तिको दाबीपछि ईम्पामा पुग्यो मुद्दा

काठमाडौं– बलिउड अभिनेता रणवीर सिंहको फिल्म ‘डन ३’ बाट बाहिरिने निर्णय