'निर्वाचन जितेमा पार्टीलाई बलियो बनाउने गरी काम गर्छु' | Khabarhub Khabarhub

‘निर्वाचन जितेमा पार्टीलाई बलियो बनाउने गरी काम गर्छु’


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचन जितेमा पार्टीलाई बलियो बनाउने गरी जनताको काम गर्ने बताएका छन् ।

लोकतान्त्रिक-बाम गठबन्धन टोखा नगरपालिका वडा नं ५ ले आज यहाँ आयोजना गरेको निर्वाचन लक्षित कार्यक्रममा बोल्दै उनले काठमाडौँ क्षेत्र नं ५ को विकासका लागि ठूला साना समस्या तत्काल समाधान गर्ने बताए ।

‘काठमाडौँ क्षेत्र नं ५ को विकास गर्न नसकेर नभएको होइन, गर्न नचाहेर नभएको हो, निर्वाचन जितेमा यसलाई समाधान गर्ने मेरो प्रमुख काम हुनेछ’, उनले भने। काठमाडौँ क्षेत्र नं ५ को समस्या सांसदलाई तत्कालै थाहा पाउनका लागि ‘सांसद एप्स’ निर्माण गर्ने उनको भनाइ छ ।

नेता पौडेलले ऐतिहासिक र धार्मिक महत्वको बूढानिलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि आफूले पहल गर्ने उनले बताए । केन्द्रीय सदस्य सीता देवकोटाले संविधानको रक्षा गर्दै मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनका लागि गठबन्धनका उम्मेदवारको जित आवश्यक रहेको बताए ।

नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य कल्पना शर्माले लामो समयको सङ्घर्ष र आन्दोलनको उपलब्धिको रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई विजय गराउनुपर्ने बताए । काठमाडौँ क्षेत्र नं ५ प्रदेशसभा ९२० का उम्मेदवार श्यामबहादुर खड्काले पार्टी र गठबन्धनको झगडामा नअल्झिकन निर्वाचनमा केन्द्रित हुन सबैलाई आग्रह गरे ।

काठमाडौँ क्षेत्र नं ५ गठबन्धनका निर्वाचन संयोजक दीपक केसी, कांग्रेस टोखा नगरपालिकाका सभापति ओमकृष्ण विमलीलगायतले पछिल्लो समय युवालाई जनताले विश्वास गरेको बताउँदै गठबन्धनका युवा उम्मेदवारलाई विजय गराउन सबै लाग्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  ७ : ३८ बजे

मदन भण्डारी फाउण्डेशन एमालेमा गुट निर्माणको ‘प्लेटफर्म’

काठमाडौं– जननेता मदन भण्डारीका विचारको व्याख्या गर्ने माध्यमका रूपमा स्थापित

होमस्टेले गाउँमै बस्न सिकाउँदै

तनहुँ– घरधन्दा, मेलापात, बालबालिकाको हेरचाहमा मात्र व्यस्त हुने महिलाको दैनिकी

विद्यालयको आम्दानी बढाउन बुद्धचित्तको बिरुवा लगाइँदै

रामेछाप– विद्यालयको आन्तरिक स्रोत वृद्धि गर्न रामेछापको सदरमुकाम मन्थलीस्थित मन्थली

एसीसी यु-१६ : इन्डोनेसियाविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौं – १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट

सङ्घीयता संवाद : गण्डकीको बजेट जनतालाई कि कार्यकर्तालाई ?

पोखरा– गण्डकी प्रदेशसभाले भर्खरै बजेट पारित गरेको छ । तर