स्वास्थ्य र शिक्षालाई केन्द्रमा राखेर विकास गर्नुपर्छ : उपेन्द्र यादव « Khabarhub

स्वास्थ्य र शिक्षालाई केन्द्रमा राखेर विकास गर्नुपर्छ : उपेन्द्र यादव


१७ कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

राजविराज – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जिल्लालाई स्वास्थ्य र शिक्षाको केन्द्र बनाइ विकास कार्यलाई अगाडि बढाउनुपर्ने बताएका छन् ।

आज गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग भेटघाटको क्रममा उहाँले रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान भवनको निर्माण कार्य अगाडि बढेसँगै सप्तरीको विकासको आधार शिला प्रारम्भ भइसकेको बताए ।

सप्तरी निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका जसपा अध्यक्ष यादवले सप्तरीमा विशिष्ट सेवा भएको अस्पतालको रुपमा पूर्वाधार निर्माणको कार्य अगाडि बढिसकेको बताए ।

प्रदेश १ अन्तर्गत विराटनगर र धरानको विकासले गति लिएको चर्चा गर्दै उनले रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पूर्वी नेपालको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिको ठूलो मेडिकल केन्द्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

गजेन्द्रनारायण सिंह अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाशप्रसाद साहले उपकरणको व्यवस्था भए पनि प्राविधिक र आवश्यक जनशक्ति अभावले सेवा प्रभावित हुने गरेको बताए । दरबन्दी अनुसारको चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा सेवाप्रवाहमा कठिनाइ हुने गरेकाले रिक्त पदपूर्तिका लागि पहल गरिदिन उनले आग्रह गरे ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार  १० : ०३ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको