चिसोमा बालबालिका र वृद्धवृद्धाको कसरी ख्याल गर्ने ? « Khabarhub

चिसोमा बालबालिका र वृद्धवृद्धाको कसरी ख्याल गर्ने ?

केही घरेलु र केही स्वास्थ्य जाँचको निरन्तरता



पछिल्ला केही दिनयता राजधानी काठमाडौंसहित देशैभर अत्यधिक चिसो बढेको छ। काठमाडौँमा वायु प्रदूषणसहित चिसो बढेको छ। यस्तो अवस्थामा चिसोबाट बच्न के-के घरेलु उपाय अपनाउन सकिन्छ। त्यसका लागि मुख्यतया केही कुरामा ध्यान दिनु आवश्यक छ।

झोलिलो पदार्थ धेरै खाने
चिसोमा झोलिलो पदार्थमा जोड दिनुपर्छ। तातो पानी, बेसार पानी, दूध, कालो चिया, कागती चिया, कफी तथा केही मात्रामा दूध चिया पनि खान सकिन्छ। लगातार तातो पानी पिउने तथा बाफ लिने गर्न सकेमा चिसोबाट केही मात्रामा सुरक्षित हुन सकिन्छ।

झोलिलो पदार्थको सेवन अधिक मात्रामा गरेसँगै न्यानो कपडा लगाउने गर्नुपर्छ। यस्तै आगो ताप्ने, तेल मसाज गर्ने, बालबालिकालाई तेल मसाज गरिदिने गर्दा पनि चिसोबाट बच्न सकिन्छ।

मर्निङ वाक नगर्दा नै उत्तम हुन्छ। समस्या परेमा स्वास्थ्य जाँच गराउने र न्यानो कपडा फेरि-फेरि लगाउनुपर्छ। बालबालिका, वृद्ध वृद्धा तथा सबै उमेर समूहको व्यक्तिले चिसोमा न्यानो कपडामा जोड दिनुपर्छ।

एक छिन चिसो सहन सकिन्छ भनेर पातलो कपडा प्रयोग गर्दा यसले दीर्घकालीनरुपमा असर गर्न सक्छ। यसर्थ न्यानो कपडा तथा टोपी निरन्तर प्रयोग गर्नुपर्छ।

बालबालिकालाई उनको टोपी लगाईँदा त्यसभित्र सुतीको टोपी प्रयोग गरिदिनुपर्छ। त्यसो गर्दा बिझाउने र चिलाउने कम हुन्छ।

आगो ताप्ने
आगो ताप्दा पनि चिसोको असर कम हुन्छ। दाउरा उपलब्ध हुन सक्ने ठाउँमा बस्ने व्यक्तिहरूले न्यानो कपडा लगाउनुका साथै आगो ताप्दा स्वास्थ्य सहजै बिग्रिन सक्दैन।

तर धेरै खर्च गरेर आगो ताप्नु उपयुक्त हुँदैन। बरु त्यसको विकल्पमा न्यानो कपडा किनेर लगाउनु राम्रो हुन्छ।

तेल मसाज
चिसो समयमा शरीरका विभिन्न भागहरू दुख्ने, झमझमाउने जस्ता समस्याहरु हुन सक्छन्। तोरीको तेल मनतातो बनाएर मसाज गर्दा यसले केही हदसम्म दुखाई कम गर्छ।

सकेसम्म न्यानो ठाउँमा बसेर तेल मसाज गर्दा चिसोको असर कम हुन्छ। तेल ममाजले शरीरको तापक्रमलाई कायम राख्न पनि सहज हुन्छ। त्यसैले बालबालिकाका लागि तेल मसाज गरिदिनू राम्रो मानिन्छ।

वृद्ध वृद्धा र बालबालिकाको हेरचाह
चिसो समयमा बालबालिकाको हेरचाह सबैभन्दा महत्वपूर्ण कुरा हो। चिसोले गर्दा बालबालिकालाई निमोनियालगायतका रोगहरु देखापर्न सक्छन्। त्यसलाई कम गर्न तेल मसाज महत्वपूर्ण उपाय बन्न सक्छ।

साथै बालबालिकालाई न्यानो कपडा उत्तिकै महत्वपूर्ण हुन्छ। तर धेरै न्यानो कपडाले पसिना आउने र त्यसलाई सफा नगर्दा निमोनियाको सम्भावना हुने भएकाले घाम लाग्दै जाँदा शरीरमा भएका न्यानो कपडाहरुको संख्या घटाउने तथा बेलाबेलामा कपडा खोलेर पसिना आएको नआएको हेर्ने गर्नुपर्दछ। पसिना आएमा कपडा फेरिदिनुपर्छ।

बालबालिकासँगै बुढाबुढी अर्थात वृद्धवृद्धाको पनि चिसोको समयमा धेरै ख्याल गर्नुपर्छ। चिसोको समयमा वृद्धवृद्धाको दम बढ्ने, श्वासप्रश्वासमा समस्या हुने हुँदा औषधि उपचार गर्ने र निरन्तर चिकित्सकको परामर्श लिने गर्नुपर्दछ।

निरन्तर स्वास्थ्य जाँच

चिसोबाट घरेलुरुपमा बच्ने कोसिस गर्दा उपलब्धि नभएमा जाँच गर्नुपर्छ। कतिपय दीर्घ रोग लागेका बिरामीलाई चिसोको समयमा धेरै ख्याल गर्नु आवश्यक हुन्छ। यसले अचानक आउने जोखिम घटाउन सहयोग गर्छ।

रुघासँगै ज्वरो तथा टाउको दुख्ने समस्या भएमा पनि तत्कालै स्वास्थ्य संस्थामा जानुपर्छ। नियमित स्वास्थ्य जाँच गर्दा यसले दीर्घकालीन समस्या निम्तिनबाट रोक्न मद्दत गर्छ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ८ : ४४ बजे

कांग्रेसको १५औँ महाधिवेशन : केन्द्रीय प्रतिनिधिलाई अभिमुखीकरण

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई लक्षित गर्दै निर्वाचन क्षेत्रमा

अफगानिस्तानमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, १ सय १६ जना घाइते

काठमाडौं- अफगानिस्तानमा वर्षाका भएका विभिन्न घटनामा मृत्यु हुनेको सङ्ख्या ६१

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेन्टल कलेज

यूएईमा घाइते भएकामध्ये छ नेपाली डिस्चार्ज, एकको अवस्था खतरामुक्त

काठमाडौं- यूएईको राजधानी अबु धाबीस्थित नेपाली राजदूतावासले शुक्रबारको घटनामा घाइते

मतदाता नामावली भोलिदेखि संकलन गरिँदै

काठमाडौं– निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम भोलि