उत्तर कोरियामाथि अमेरिका, जापान र दक्षिण कोरियाको थप प्रतिबन्ध | Khabarhub Khabarhub

उत्तर कोरियामाथि अमेरिका, जापान र दक्षिण कोरियाको थप प्रतिबन्ध


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

प्योङयाङ – प्योङयाङले हालै गरेको क्षेप्यास्त्र परीक्षणको जवाफस्वरूप अमेरिका, जापान र दक्षिण कोरियाले उत्तर कोरियाली व्यक्ति र संस्थामाथि नयाँ प्रतिबन्ध लगाएका छन्।

अमेरिकामा तीन उत्तर कोरियाली अधिकारीहरूको सम्पत्ति रोक्का भएको प्योङयाङले जनाएको छ । उत्तर कोरियाको आणविक गतिविधिलाई लिएर अन्तर्राष्ट्रिय समुदायले विभिन्न प्रतिबन्ध लगाउँदै आएको छ ।

उत्तर कोरियाले हालै गरेको क्षेप्यास्त्र प्रक्षेपण (अमेरिकी मुख्य भूमिमा प्रहार गर्न सक्ने अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल)ले कोरियाली प्रायद्वीप र सम्पूर्ण विश्वको लागि गम्भीर सुरक्षा जोखिम खडा गरेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले एक विज्ञप्तिमा भनेका छन् ।

ब्लिन्केनले यो कारबाही अमेरिकी सहयोगी देशहरु दक्षिण कोरिया र जापानसँगको समन्वयमा गरिएको र अप्रिलमा युरोपेली युनियनले पनि तीन उत्तर कोरियालीमाथि प्रतिबन्ध लगाइएको बताए ।

टोकियो र सियोलले शुक्रबार पनि नयाँ प्रतिबन्धको घोषणा गरेका छन् । यसैबीच, दक्षिण कोरियाले एक ताइवानी र एक सिंगारी नागरिक सहित आठ जनालाई प्रतिबन्ध लगाउने जनाएका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ८ : १४ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’