विकृत निर्वाचन प्रणाली बदलौँ : गिरिराजमणि पोखरेल « Khabarhub

विकृत निर्वाचन प्रणाली बदलौँ : गिरिराजमणि पोखरेल


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले विकृत निर्वाचनले लोकतन्त्रको सबल पक्षलाई कमजोर बनाउँदै लगेको टिप्पणी गरेका छन् ।

निर्वाचनको विकृत पक्ष झाँगिँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै पोखरेलले वामपन्थी समेत यो चेतबाट पृथक् नरहेको धारणा राखे ।

पत्रकार सम्मेलनमा पोखरेलले संविधान जारी हुँदा पनि निर्वाचन प्रणाली र शासकीय स्वरूपको विषयमा जोडदार आवाज उठाउँदै आएको जिकिर गर्दै आफूहरूले भनेजस्तो नभएको हुनाले यसको औचित्य पुष्टि हुँदै गएको बताए ।

उनले निर्वाचनको विषयमा सोच्न बाध्य बनाएको र यस विषयमा सशक्त हस्तक्षेपकारी छलफल चलाउन आम पार्टी, बौद्धिक वर्ग र नागरिक समाजलाई आह्वान गरेका छन् ।

चुनाव परिचालनका नाममा हुने अघोषित शक्ति प्रदर्शनले चुनाव थप विकृत बन्दै गएको भन्दै नेता पोखरेलले विवेकपूर्ण मताधिकार बन्दी बन्दै गएको बताए ।

लगातार तीन पटक महोत्तरी-१ बाट विजयी भएका पोखरेल यो निर्वाचनमा भने एमालेका लक्ष्मी महतोसँग पराजित भएका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ८ : २२ बजे

बेनिशाको प्रिमियर लुक्स

काठमाडौं – ‘द ब्लु लाइट’ फिल्मको प्रिमियरमा आफ्नो आउटफिटका कारण

खोटाङ र म्याग्दीका २९ मतदानस्थल अतिसंवेदनशील

खोटाङ– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका

यूजीसीका नयाँ नियममाथि सर्वोच्च अदालतको रोक

काठमाडौं– भारतको सर्वोच्च अदालतले विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले उच्च

एनआरएन १२औँ विश्व सम्मेलनका लागि परराष्ट्र मन्त्रीको अध्यक्षतामा आयोजक समिति गठन

काठमाडौं– गैरआवासीय नेपाली संघ(एनआरएनए)को १२औँ विश्व सम्मेलनको तयारीका लागि परराष्ट्र

अस्थायी मतदाता विवरण पनि संकलन हुँदै

दमौली– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि