लमजुङमा मन्दिरका मूर्तिसहित धातु चोरी गर्ने पक्राउ | Khabarhub Khabarhub

लमजुङमा मन्दिरका मूर्तिसहित धातु चोरी गर्ने पक्राउ


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङ प्रहरीले मन्दिरका मूर्तिसहितका धातु चोरी र बिक्री गर्ने तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीले बेंसीसहरका राजु परियार र विनोद तामाङ तथा रौतहट घर भई हाल बेंसीसहर बस्दै आएका रामकिश्वर राउत ‘भोला पटेल’ लाई पक्राउ गरेको हो।

लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलका अनुसार मन्दिर फुटाएर मूर्ति, घण्ट, कलशलगायतका धातुका सामग्री चोरी भएको उजुरीपछि प्रहरीको विशेष टोली खटिएको र खोजतलास तथा अनुसन्धानका क्रममा मन्दिरका सामग्रीसहित पक्राउ गरिएको हो। उनीहरूको साथबाट शिव र गणेशको मूर्तिसहित मन्दिरमा प्रयोग हुने सामग्री र विभिन्न धातुसहित २२ प्रकारका सामग्री बरामद गरिएको छ।

प्रहरीले उनीहरुको साथबाट शिवको मूर्ति एक थान, गणेशको मूर्ति टुक्रिएको अवस्थाको एक थान, तामाको कलश १४ थान, तामाको कलश कुच्चिएको अवस्थाको ६४ थान, तामाको सानो दियो २७ थान, तामाको टीका राख्ने थाली १९ थान, ढलटको सानो पाला ६३ थान, घण्ट १० थान, फुटाएको घण्ट ६ थान, पानस दुई थान, सात वटा बत्ती भएको पानस दुई थान, चरेसका थाली दुई थान, ढलोटका लोटा एक थान, चरेसका कचौरा दुई थान, तामा र पित्तलका गाग्री, ताउलो, कसौरीलगायतका २२ प्रकारका सामग्री बरामद गरिएको जनाएको छ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ९ : ०७ बजे

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित

इटालीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले त्यहाँका राष्ट्रपति

नेपाल–चीन सहायता परियोजना बैठक सम्पन्न

काठमाडौ‌– नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।