लमजुङमा मन्दिरका मूर्तिसहित धातु चोरी गर्ने पक्राउ « Khabarhub

लमजुङमा मन्दिरका मूर्तिसहित धातु चोरी गर्ने पक्राउ


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङ प्रहरीले मन्दिरका मूर्तिसहितका धातु चोरी र बिक्री गर्ने तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीले बेंसीसहरका राजु परियार र विनोद तामाङ तथा रौतहट घर भई हाल बेंसीसहर बस्दै आएका रामकिश्वर राउत ‘भोला पटेल’ लाई पक्राउ गरेको हो।

लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलका अनुसार मन्दिर फुटाएर मूर्ति, घण्ट, कलशलगायतका धातुका सामग्री चोरी भएको उजुरीपछि प्रहरीको विशेष टोली खटिएको र खोजतलास तथा अनुसन्धानका क्रममा मन्दिरका सामग्रीसहित पक्राउ गरिएको हो। उनीहरूको साथबाट शिव र गणेशको मूर्तिसहित मन्दिरमा प्रयोग हुने सामग्री र विभिन्न धातुसहित २२ प्रकारका सामग्री बरामद गरिएको छ।

प्रहरीले उनीहरुको साथबाट शिवको मूर्ति एक थान, गणेशको मूर्ति टुक्रिएको अवस्थाको एक थान, तामाको कलश १४ थान, तामाको कलश कुच्चिएको अवस्थाको ६४ थान, तामाको सानो दियो २७ थान, तामाको टीका राख्ने थाली १९ थान, ढलटको सानो पाला ६३ थान, घण्ट १० थान, फुटाएको घण्ट ६ थान, पानस दुई थान, सात वटा बत्ती भएको पानस दुई थान, चरेसका थाली दुई थान, ढलोटका लोटा एक थान, चरेसका कचौरा दुई थान, तामा र पित्तलका गाग्री, ताउलो, कसौरीलगायतका २२ प्रकारका सामग्री बरामद गरिएको जनाएको छ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ९ : ०७ बजे

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय