नेपालको पर्यटनमा जलवायु परिवर्तनको असर रोक्ने प्रयास | Khabarhub Khabarhub

चन्द्रागिरी दिगो पर्यटन सम्मेलन

नेपालको पर्यटनमा जलवायु परिवर्तनको असर रोक्ने प्रयास

हिमालको हिउँ, पहाड र तराईको विपद् न्युनिकरण गर्न चुनौति


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ‘नेपालमा हिमाल मात्रै छैनन्, पर्यटकलाई जीवनभर कहिल्यै भुल्न नसकिने अरु थुप्रै पर्यटकीय गन्तव्य छन्’ चन्द्रागिरीमा दिगो पर्वतीय पर्यटन सम्मेलनमा पर्यटन बोर्डका सीइओ डा.धनन्जय रेग्मीले विशेष रिपोर्ट प्रस्तुत गर्दै भने, ‘नेपाललाई केवल हिमाल तथा पहाडहरुको गन्तव्य मात्रै नभई जीन्दगीको सबैभन्दा सुन्दर स्मरण गर्न मिल्ने पर्यटकीय क्षेत्रका रुपमा चिन्न र चिनाउन सकिन्छ।’

सीईओ रेग्मीका अनुसार नेपालमा पहिलो ट्रेक कम्पनीका रुपमा टाइगर टप्स थियो। जसले नेपालमा उल्लेख्य विदेशी पर्यटक ल्यायो। र, धेरै देशका पर्यटकलाई सगरमाथादेखि अरु हिमालको धेरै जानकारी दिलायो। अनि नेपालको सुन्दर पर्यटकीय क्षेत्र घुम्न विदेशी पर्यटकको लाइन लाग्यो।

टाइगर टप्स कम्पनीले नेपालमा हिमाल चढ्ने, पहाडमा ट्रेकिङ गर्नेदेखि लिएर तराईमा निकुञ्जहरुमा सफारी गर्ने मुख्य उद्देश्य राखेर नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाएको थियो। त्यसपछि नेपालमा पनि अन्य ट्रेकिङ कम्पनी खुलेर नेपालको पर्यटनले ठूलो क्षेत्रका रुपमा विस्तार पाएको हो।

सबैलाई थाहा भएको तथ्य, नेपालमा ८ हजारभन्दा अग्ला हिमालको संख्या मात्रै ८ वटाभन्दा धेरै छन्। सगरमाथासहितका हिमाल दृश्यवलोकन गर्न काठमाडौँबाट चन्द्रागिरी पुगे भने देखिन्छ। चन्द्रागिरी रिसोर्टबाट हिमाल छर्लङ्दै देखिदा हिमाल चढ्नेहरुको हुटहुटी हुने नौलो होइन।

तर जलवायु परिवर्तनको असरले नेपालको हिमाली क्षेत्रको पर्यटन भने ठूलो जोखिममा छ। पृथ्वीको तापक्रम बढ्दै जाँदा हिमालको हिउँ पग्लिँदै गएको छ। पहिलेको तुलनामा अचेलका हिमालहरु पुरै सेताम्मे होइनन्, केही कालो धब्बासहित पनि देखिने गरेका छन्।

यसले कालान्तरमा नेपालको हिमाली तथा पर्वतीय पर्यटनमा ठूलो असर गर्ने विदेशी विज्ञहरुको भनाई छ। जो नेपालको पर्वतीय पर्यटन जोखिमलाई घटाउन चाहन्छन्। खासगरी हिमाल चढ्नेहरुले हिमालमै गरिरहेको फोहोर, त्यसले निम्त्याउने प्रदूषण र हिमालमा पर्ने असरले गर्ने घाटाका विषयमा पर्यटन बोर्ड पनि गम्भीर देखिन्छ।

नेपाल विदेशीका लागि हिमाल चढ्ने देशका रुपमा बढी परिचित छ। यो नेपालका लागि जति ठूलो आम्दानीको स्रोत विकासका रुपमा देखिन्छ।

नेपालको हिमाल तथा पहाडमा अहिले देखिएको जोखिम घटाउन विदेशी दातृ निकायको सहयोगमा बोर्डले विभिन्न छलफल, बहस, अन्तर्राष्ट्रिय सम्मेलनदेखि स्थानीय स्तरमा विभिन्न सचेतना तथा तालिमका कार्यक्रम अगाडि बढाइएका छन्।

बिहीबारदेखि काठमाडौँको चन्द्रागिरीमा सञ्चालन भएको पहिलो अन्तर्राष्ट्रिय दिगो पर्वतीय पर्यटन सम्मेलनमा पनि यस विषयमा गम्भीर बहस भएको छ। कार्यक्रममा विशेष खोजमुलक प्रतिवेदन पेश गर्दै अन्तर्राष्ट्रिय अमेरिकन भूगर्भविद् डा.आलटेन बायरले भने, ‘नेपालको पर्यटन जोखिम भौतिक पूर्वाधार निर्माण गर्दा सबैभन्दा धेरै देखिएको छ। जलवायु परिवर्तनको असरलाई झन् बढाउने काम नेपालकै विकास प्रणालीले गरिरहेको छ।’

उनको भनाइमा सत्यता देखिन्छ। पहाडमा जथाभाबी डोजर लगाउँदा अहिले वर्षायाममा जताततै पहिरो गइरहेको छ। पहाडमा मात्रै होइन, हिमालमा पनि हिमपहिरो गएको छ। केही महिना अघि मनास्लुमा हिमपहिरो जाँदा धेरै पर्यटक समस्यामा परेका थिए। एक जनाको मृत्यु हुँदा केही बेपत्ता भएका थिए।

हिमपहिरोले गर्दा पर्यटक बेपत्ता हुने क्रम बढेको छ। तर पनि नेपाल विदेशीका लागि हिमाल चढ्ने देशका रुपमा बढी परिचित छ। यो नेपालका लागि जति ठूलो आम्दानीको स्रोत विकासका रुपमा देखिन्छ, त्यत्ति नै ठूलो विदेशी पर्यटकलाई नेपाल ल्याउने सम्भावना रुपमा चित्रित गर्न सकिन्छ।

तर जलवायु परिवर्तनले निम्त्याएको असरलाई घटाउन भने कुनै एक्लैको प्रयास मात्रै सम्भव छैन। ठूला विकसित देशले कार्बन उत्सर्जन घटाउनुपर्नेमा त्यसका केही प्रयास भइरहेका छन्। इन्धन गाडी छाडेर बिजुली गाडी चलाउने एउटा ठूलो कदमका रुपमा यसलाई लिइएको छ।

नेपालको हिमालमा रहेका हिउँ पग्लिँदै जाने, हिमपहिरो आउने, हिमताल फुट्ने जता गतिविधिले नेपालमा आउने विदेशी पर्यटकलाई जोखिम हुन सक्छ। त्यसैले त्यता पनि ध्यान जान आवश्यक देखिन्छ।

पर्यटन बोर्डका सीइओ डा.रेग्मी पनि पर्यटनप्रति सबै सचेत र पर्यटनमैत्री विकासको काम गर्दा नेपालको पर्यटनलाई नयाँ उचाईमा लिन सकिने बताउँछन्। ‘हामीले अहिले पनि नेपालको पर्यटनलाई अझै अन्तर्राष्ट्रियता चिनाउने प्रयास गरिरहेका छौँ। नेपालको पर्यटन क्षेत्र र त्यसको सम्भावना अपार छ’ उनले कार्यक्रममा भने, ‘तर जलवायु परिवर्तन लगायतका कारण हाम्रा प्रयासको बाटो अब फेर्नुपर्ने पनि देखिन्छ। त्यसैले यो एउटा बोर्ड मात्रै होइन, सबैको प्रयासमा मात्रै सम्भव छ।’

नेपालको हिमालमा रहेका हिउँ पग्लिँदै जाने, हिमपहिरो आउने, हिमताल फुट्ने जता गतिविधिले नेपालमा आउने विदेशी पर्यटकलाई जोखिम हुन सक्छ। त्यसैले त्यता पनि ध्यान जान आवश्यक देखिन्छ। तर त्यो भन्दा बढी नेपालको हिमाली पर्यटनले भोगिरहेको जलवायु परिवर्तनको असरलाई सबैको सामूहिक प्रयासमा मात्रै घटाउन सकिन्छ। जसको पहिलो प्रयासका रुपमा चन्द्रागिरीमा भइरहेको सम्मेलनले पनि देखाउँछ।

‘हाम्रो उद्देश्य भनेकै सबैको सामूहिक प्रयासमा जलवायु परिवर्तनको असर घटाएर पर्वतीय पर्यटनको संरक्षण गर्ने हो’ पर्यटन बोर्डका अनुसन्धान अधिकृत मणिराज लामिछाने भन्छन्, ‘त्यसका लागि दिगो पर्वतीय पर्यटन सम्मेलन आयोजना गरिएको हो। अब यो सम्मेलनबाट पाएका सुझाव, सल्लाह र विशेष प्रतिवेदनको आधारमा थप नयाँ तथा सामूहिक प्रयास गर्नुपर्नेछ। जसले नेपालको पर्यटन क्षेत्रलाई पहिले संरक्षण अनि थप प्रचारप्रसारमा लैजानुपर्छ।’

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ९ : १४ बजे

कांग्रेसले भन्यो : रविमाथि छानबिन गर्न समिति नबनेसम्म संसद् अघि बढ्दैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणबारे

सियरा लियोनमा विषाक्त खानाको कारण १०४ जना अस्पताल भर्ना

फ्रिटाउन – सियरा लियोनको राजधानी फ्रिटाउनमा एउटा कुकरी पसलबाट दूषित

प्रधानमन्त्रीलाई अघिल्लो पटकभन्दा बढी विश्वासको मत प्राप्त हुन्छ : माधव सापकोटा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले

आजका समाचार : संसदमा रविकाे जवाफ, विश्वासको मत रोक्न सर्वोच्चमा रिट

कांग्रेसलाई रविको प्रश्न : मैले गृहमन्त्री हुँदा नैतिकताको प्रश्न उठाउनेले

प्रादेशिक चलचित्र विकास बोर्ड गठन गर्छौँ : मुख्यमन्त्री कार्की

झापा– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चलचित्र क्षेत्रको समृद्धिका लागि