अब फोहर गाड्नु र जलाउनु पर्दैन | Khabarhub Khabarhub

अब फोहर गाड्नु र जलाउनु पर्दैन


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

दाङ – तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालले यसअघि अव्यवस्थितरुपमा फोहर फाल्ने गरेको थियो । अस्पतालले फालेका फोहर किसानको खेतमा गएर खेत जोत्दा किसानका खुट्टामा सुई बिझ्थे । फोहर व्यस्थापनका लागि धेरै पटक किसान अस्पतालमै पनि पुगे तर, लामो समय किसानले सास्ती नै खेप्नुपर्‍यो । अस्पताल वरपर नै दुर्गन्धित हुन्थ्यो तर, अब भने त्यो समस्या हटेर गएको छ । अस्पतालमा स्वास्थ्यजन्य फोहर व्यवस्थापन केन्द्र स्थापना भएपछि भने त्यो समस्या अन्त्य भएको छ ।

अब अस्पतालजन्य फोहर त्यही केन्द्रमा पठाउने र सङ्क्रमणयुक्त फोहरलाई सङ्क्रमणमुक्त बनाइने छ । गल्ने, नगल्ने फोहरलाई छुट्टै राखिनेछ । अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा ओम अर्यालका अनुसार सङ्क्रमण मुक्त बनाइएका ती फोहरलाई उपमहानगरपालिकाको जिम्मा लगाइनेछ । “पहिले नगरपालिकाले पनि लिन नमानेपछि हामीले गाड्ने, जलाउने र त्यतिकै फाल्ने पनि गरिएको अवस्था थियो”, उनले भने, “तर, अब सङ्क्रमणमुक्त बनाएपछि नगरपालिकासँग समन्वय गरेर व्यवस्थापन हुनेछ, यसले अस्पतालको फोहर व्यवस्थापनमा सहज भएको छ ।”

अस्पतालमा फोहरलाई सङ्क्रमणमुक्त गर्नका लागि दुई वटा मेसिन जडान गरिएको छ । ती मेसिनबाट फोहरलाई सङ्क्रमणमुक्त गरेपछि छुट्टै राखिन्छ, र उपमहनगरपालिकालाई जिम्मा लगाइन्छ । युएनडिपी र चाइन एडले उक्त केन्द्र स्थापना गरेका हुन् । रु दुई करोड ५० लाख लागतमा उक्त केन्द्र स्थापना गरिएको हो । घरमा हुने फोहर र अस्पतालमा हुने फोहरमा निक्कै फरक हुने भन्दै यसलाई व्यवस्थापन गर्न आफूहरुले भवन निर्माण गरेको युएनडिपीका आयोजना प्रवन्धक राजेश मिश्रले बताए।

अस्पताल सफा नभएमा झनै रोग फैलिन सक्ने भन्दै दाङसहित विभिन्न छ अस्पतालमा यस्ता सरसफाइ केन्द्र स्थापना गरिएको हो । एक वर्षदेखि निर्माण थालिएको उक्त कार्य भर्खरै सम्पन्न भएर अस्पताललाई हस्तान्तरण गरिसकेको छ । यहाँ जोडिएका मेसिन उच्च गुणस्तरको भएको समेत मिश्रले दाबी गरे । यो मेसिन जडानका लागि चीनबाट प्राविधिक आएका थिए । साथै त्यहाँ कार्यरत कर्मचारीलाई सिकाउनका लागि तीन दिने तालिमसमेत प्रदान गरिएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  १० : १५ बजे

विकास हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत

काठमाडौं– विकास हाइड्रोपावर कम्पनी लिमिटेडको ९० लाख ९१ हजार १३

सरकारलाई युवाको प्रश्न- विपिन जोशी कहाँ छन् ?

काठमाडौं– विपिन जोशीको अवस्था अविलम्ब पत्ता लगाउन भन्दै युवाहरूले नेपाल

सौर्य एयर दुर्घटना प्रतिवेदनप्रति पीडितको आक्रोश– ‘चार वर्षको बच्चा वयस्क बनाउनेलाई किन उन्मुक्ति ?’

काठमाडौं– सौर्य एयरलाइन्सको दुर्घटनामा छोरी, ज्वाई र चार वर्षका नाति

किम जोङ उनद्वारा नयाँ युद्धपोत निरीक्षण, अमेरिका-दक्षिण कोरिया सैन्य अभ्यासको आलोचना

सियोल- उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो सबैभन्दा उन्नत

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ

काठमाडौं– सुनसरीको कोशी गाउँपालिका-१ लौकहीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ