कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन « Khabarhub

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

दाङ– कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न असफल भएको छ । आव २०८२–८३ को छ महिनामा लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न असफल भएको हो ।

दाङको एकमात्र भन्सार नाका कोइलावास भन्सारले लक्ष्यभन्दा आठ लाख ७३ हजार ६३८ कम राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले छ महिनासम्म ८४ लाख ९७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।

पुस मसान्तसम्म ७६ लाख २३ हजार ३६२ सङ्कलन भएको कोइलावास भन्सार प्रमुख लोकबहादुर विष्टले जानकारी दिए । जुन लक्ष्यको ८९.७२३ प्रतिशत हो ।

कार्यालयले साउनमा १३ लाख ५८ लाख राजस्व उठाउने लक्ष्य लिएकामा नौ लाख ९० हजार ९७४ सङ्कलन गरेको छ । यसैगरी भदौमा १४ लाख ९८ सङ्कलन गर्ने लक्ष्य लिएकामा छ लाख ६८ हजार ६४९ राजस्व सङ्कलन भएको छ ।

असोजमा १४ लाख १७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा आठ लाख चार हजार ५५१ सङ्कलन भएको छ । त्यसैगरी, कात्तिकमा १५ लाख एक हजार सङ्कलन गर्ने लक्ष्य लिएकामा नौ लाख ६३ हजार ८३० सङ्कलन भएको छ ।

मङ्सिर महिनामा १३ लाख ८३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा आठ लाख ८६ हजार २९५ सङ्कलन भएको छ । पुसमा १३ लाख ४० हजार सङ्कलन गर्ने लक्ष्य लिएकामा ३३ लाख नौ हजार ६३ सङ्कलन भएको छ । पुसमा भारतीय पर्यटकको नेपाल आगमन बढी भएकाले राजस्व सङ्कलनमा वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ ।

दाङ, रोल्पा, प्युठानका लागि पैठारी हुने व्यापारिक सामान कोइलावास नाकाबाट भित्रिएको देखिँदैन । व्यापारीका लागि सबैभन्दा छोटो नाका परे पनि आकर्षण देखिएको छैन । सहज सडक सञ्जाल भए पनि यसलाई सञ्चालनका लागि सरकारी निकायबाट प्रभावकारी प्रयास भएको पाइँदैन । निजी क्षेत्रले केही प्रयास थाले पनि यसले सार्थकता पाउन सकेको छैन । हरेक निर्वाचनको समयमा भने कोइलावास भन्सारले चर्चा पाउने गरेको छ ।

अहिले पनि उम्मेदवारहरूले कोइलावास भन्सारको विषयलाई उठाउन थालेका छन् । कोइलावास नाकालाई सञ्चालन गरी दाङको विकासमा टेवा पुर्याउने भन्दै आश्वासन दिन थालेका हुन् ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ९ : २६ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग