मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई मृत फेला « Khabarhub

मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई मृत फेला


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई मृत फेला परेका छन् । सर्लाहीको लालबन्दी नगरपालिका–१३ पत्थरकोटस्थित होलिडे रिसोर्टमा उनी आज मृत फेला परेका हुन् ।

भट्टराई शुक्रबार बेलुका उक्त रिसोर्टमा बसेका थिए । नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाको ११औँ वार्षिक साधारणसभामा सहभागी हुन ६५ वर्षीय भट्टराई सर्लाही आएको शाखाका सचिव सुनिल ठाकुले जानकारी दिए । साधारणसभा आज उक्त रिसोर्टमा गर्ने कार्यक्रम तय भएको थियो ।

सप्तरी घर भएका भट्टराई मधेश प्रदेश मिडिया काउन्सिलको अध्यक्ष भएपछि जनकपुर बस्दै आएका थिए । शुक्रबार राति खाना खाएर सुतेका भट्टराई बिहान अबेरसम्म नउठेपछि बोलाउन जाँदा ढोका नखोलेपछि झ्यालबाट हेर्दा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाका अध्यक्ष टङ्कबहादुर क्षेत्रीले बताए ।

रिसोर्टमा मृतक भट्टराईसहित अन्य सञ्चारकर्मीसमेत शुक्रबारदेखि सँगै बसेका र सुत्ने क्रममा भट्टराई छुट्टै कोठामा सुतेको उक्त रिसोर्टका सञ्चालक विमल नगरकोटीले बताए । भट्टराईको रिसोर्टकै कोठामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए । भट्टराई बसेको कोठामा उक्तचाप र मधुमेह रोगको औषधीसमेत फेला परेको उनले बताए ।

भट्टराईको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिने इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक शान्तराम कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  २ : ०८ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि