भेडा व्यवसायी चिसो छल्न बेंसी झर्न थाले « Khabarhub

भेडा व्यवसायी चिसो छल्न बेंसी झर्न थाले


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बाजुराका हिमाली क्षेत्रमा बस्ने अधिकांश भेडा व्यवसायी हिउँदको समयमा चिसो छल्न परिवारसहित बेंसी झर्ने गरेका छन् ।

व्यावसायिक रुपमा भेडापालन गरिरहेका भेडा व्यवसायी चिसो मौसम सुरु हुन लागेदेखि छिमेकी जिल्लाका विभिन्न फाँटमा बसाइ सर्ने गरेका हुन् । अन्य वर्ष जस्तै यस वर्ष पनि चिसो छल्न डोटी पुगेका बुढीनन्दा नगरपालिका–९ बाजुराका चन्द्र बोगटीले आफ्नो रोजगारी र आयआर्जनको स्रोत नै भेडापालन भएकाले हिउँदको समयमा चिसोबाट जोगाउन बेंसी सर्ने गरेको बताए ।

बोगटीसँग हाल ७० भेडा रहेका छन् । बोगटीसहित तीन परिवार एक सातादेखि भेडासहित डोटीको दिपायल सिलगढी नगरपालिका ७ बुणामाजमा सडक छेउमा पाल राखेर बस्दै आएका छन् । उनीहरुले यहाँ फागुनसम्म बस्ने जानकारी दिए । चार वर्षदेखि यही स्थानमा बस्दै आएको उनीहरु बताउँछन् ।

बूढीनन्दा ९ का अर्का भेडा व्यवसायी मानसिंह थापा भन्छन्, “भेडापालन गर्नु हाम्रो मुख्य पेशा नै हो, यो हाम्रो पुर्खाले नै गर्दै आएको पेशा हो, त्यसैलाई हामीले निरन्तरता दिएका हौँ ।” थापासँग हाल ६० भेडा छन् । उनी एक छोरा र श्रीमतीसहित सँगै बस्दै आएका छन् ।

सोही स्थानमा डेरा सरेर आएका भेडा व्यवसायी बूढीनन्दा–९ का शिवा गुरुङसँग भने छुट्टै अनुभव छ । उनी सुरुमा अरुको गोठालो भएर काम गर्थे । पछि उनी विस्तारै आफैँ व्यावसायिक रुपमा भेडापालन गर्दै आइरहेका छन् । उनी भन्छन, “के गर्नु सुरुमा धेरै वर्ष अरुको गोठालो भइयो, जसको गोठालो भइयो उहाँहरुका अहिले कसैका काठमाडौँ, कसैका धनगढी र नेपालगञ्जमा घर छन्, आफ्नो भने उही जिन्दगी छ ।”

उनी अहिले उमेरले ४९ वर्षका भए । पाँच वर्षको हुँदादेखि नै अरुको भेडा हेर्ने काम सुरवात गरेको उनी बताउँछन् । हाल उनीसँग एक सयभन्दा बढी भेडा छन् । उनी एक छोरा र श्रीमतीसहित आएका हुन् । उनी भेडाबाट वार्षिकरुपमा छ÷सात लाख रुपैयाँ आम्दानी हुने गरेको बताउँछन् ।

बाजुरा, हुम्ला, जुम्लाका हिमाली क्षेत्रका अधिकांश भेडा व्यवसायी हिउँदका समयमा चिसो छल्न विभिन्न स्थानमा बसाइ सर्ने गरेका छन् । हिउँदको चिसो छल्न बेंसी झरेका भेडा व्यवसायीले भेडा बिक्रीवितरण गर्नाका साथै राडीपाखी, डसना पनि बिक्री गर्दै आएका छन् । प्रतिभेडा १५ हजार रुपैयाँदेखि ३५ हजारसम्म र राडीपाखी दुई हजार रुपैयाँदेखि पाँच हजारसम्म बिक्री गर्ने गरेको व्यवसायी बताउँछन् ।

भेडा राखेबापत सामुदायिक वनलाई मासिकरुपमा छ÷सात हजार रुपैयाँ रोयल्टी तिर्ने गरेको उनीहरु बताउँछन् । बाजुराका हिमाली क्षेत्रका अधिकांश भेडा व्यवसायी हिउँदको समयमा चिसो छल्न डोटी, अछाम र बाजुराका विभिन्न स्थानमा गएर बस्ने गर्दछन् ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  २ : ०९ बजे

ओखलढुंगाको तीनछाँगे झरना पर्यटकको पर्खाइमा

ओखलढुङ्गा- ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका पर्खाइमा

सभामुखकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ – सभामखु डिपी अर्यालकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक

पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

चितवन– पूर्वी चितवनको रत्ननगरमा पालिएका पशु चौपायमा रेविजको सङ्क्रमण देखिएको

काठमाडौँमा सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकाका सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुर्न सडक डिभिजन

आजको प्रतिनिधिसभा बैठक स्थगित : बुधबार दिउँसो १ बजे बस्ने

काठमाडौँ – प्रतिनिधिसभाको बैठक सारिएको छ। सङ्घीय संसद सचिवालयका अनुसार