मनाङमा शून्य लैङ्गिक हिंसा « Khabarhub

मनाङमा शून्य लैङ्गिक हिंसा


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हिमाली जिल्ला मनाङमा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा लैङ्गिक हिंसाको उजुरी परेको छैन ।

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार साउनदेखि हालसम्म कुनै पनि लैङ्गिक हिंसाका मुद्दा परेका छैनन् । गत आर्थिक वर्षमा भने जिल्लामा तीन मुद्दा दर्ता भएका थिए । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत जिल्ला प्रशासन कार्यालयद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रजिअ रवीन्द्रप्रसाद आचार्यले लैङ्गिक हिंसाका उजुरी कम पर्ने जिल्लाको रूपमा मनाङ पर्ने जानकारी दिए ।

“यहाँ महिलाप्रधान समाज छ । गाउँमा घटेका कतिपय घटना गाउँघरमै मिलाउनुपर्छ भन्ने मान्यता छ”, उनले भने ।

प्रहरी नायव उपरीक्षक प्रेम सागर केसी गाउँमै मिलापत्र गर्ने र नसक्ने अवस्थामा मात्रै प्रहरीलाई गुहार्ने गरिएको बताउँछन् । “प्रहरीसम्म उजुरी एकदमै न्यून आउने गरेको छ”, उनले भने । कतिपय घटना समाजमै लुकेर रहने उनको भनाइ छ । समय समयमा यस्ता घटना उजागर गर्न, पीडितलाई न्याय, पीडकलाई कानुनी दायरामा ल्याउन प्रहरीले सचेतनाको कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रमका सहभागीले जिल्लामा हिंसाका घटना सार्वजनिक हुन नसकेको अवस्था रहेकाले चेतना अविवृद्धिको खाँचो रहेको औँल्याएका थिए ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  २ : ४५ बजे

आज २०८३ साल असोज १४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै