तेह्रथुमका आठ पत्रकार सम्मानित | Khabarhub Khabarhub

तेह्रथुमका आठ पत्रकार सम्मानित


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल पत्रकार महासंघ तेह्रथुमले १२औँ साधारणसभाको अवसरमा जिल्लाका आठ जना पत्रकारलाई सम्मान गरेको छ । महासंघले कान्तिपुर मिडिया ग्रुपका संवाददाता चन्द्र कार्कीलाई तेह्रथुम क्रियाशील पत्रकारिता पुरस्कार ०७९ बाट पुरस्कृत गरेको छ । यस्तै, महासंघ जिल्ला शाखाका पूर्व अध्यक्ष तथा रेडियो तेह्रथुमका सहायक स्टेसन म्यानेजर नरेश ढुंगाना पनि सम्मानित भएका छन् ।

महासंघले जिल्ला शाखाका अर्का पूर्वअध्यक्ष उद्धव तिम्सिना र रेडियो मेन्छ्यायेममा कार्यरत कृष्ण तामाङलाई तेह्रथुम पत्रकारिता विकास पुरस्कारबाट सम्मान गरेको छ । त्यस्तै, तेह्रथुम महिला पत्रकारिता पुरस्कारबाट रेडियो मेन्छ्यायेममा कार्यरत जानुका नेपाल र रेडियो तेह्रथुममा कार्यरत अस्मिता सुवेदी पुरस्कृत भएका छन् ।

आर्थिक पत्रकारिता पुरस्कारबाट रेडियो तीनजुरेमा कार्यरत सरस्वती राई र रेडियो मेन्छ्यायेममा कार्यरत विरेन्द्र पयाङ्गु सम्मानित भएका छन् ।

यसैबीच महासंघले शाखाको १२औं साधरणसभाको अवसरमा प्रतिनिधिसभा निर्वाचनमा विजयी हुने सीता गुरुङ, प्रदेशसभा सदस्यहरू किशोरचन्द्र दुलाल र दुर्गाप्रसाद चापागाई लाई बधाईपत्रसहित सम्मान गरेको छ । महासंघले ३० बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा विजयी भएका महासंघका सदस्य छथर गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बू र आठराई गाउँपालिका ६ का वडाध्यक्ष कृष्ण बास्कोटालाई पनि धन्यावादपत्रसहित सम्मान गरेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ३ : ३८ बजे

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज

उपप्रधानमन्त्री यादव र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त

म्याग्दीको अन्नपूर्णमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन्

इलाममा रास्वपासहित १६ उम्मेदवारको जमानत जफत (सूचीसहित)

इलामा– इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको