जोखिम मोल्दै जीर्ण भवनमा पढाइ « Khabarhub

जोखिम मोल्दै जीर्ण भवनमा पढाइ


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जाजरकोटको नलगाड नगरपालिका–१० मा रहेको जनएकता प्राथमिक विद्यालयको भवन जीर्ण हुँदा दैनिक शैक्षिक क्रियाकलाप सञ्चालन गर्न मुस्किल हुँदै आएको छ ।

बाल शिक्षासहित कक्षा ३ सम्म पढाइ हुने यो विद्यालय २०६४ सालमा डिप्रोक्स नेपालको सहयोगमा निर्माण गरिएको थियो । सिलेटको छानोदेखि माटोले निर्माण गरिएको उक्त विद्यालय अहिलेसम्म मर्मतसमेत नभएको विद्यालयका प्रधानाध्यापक बुद्धि ध्यारले बताए ।

रग्दा गाउँका अधिकांश विद्यार्थी यही विद्यालयमा पढ्ने गर्दछन् । जाजरकोट–डोल्पा सडक खण्डको बीचमा पर्ने रग्दामा सबै बालबालिका पढ्ने भरपर्दो विद्यालय नै यही हो । विद्यालय भवन निर्माणका लागि सबै नेताहरुलाई सहयोग माग गरे पनि अहिलेसम्म कसैबाट सहयोग नपाएको स्थानीयवासीको गुनासो छ ।

बालशिक्षासहित पाँच शिक्षक रहेको यस विद्यालयमा वर्षायाममा चुहिएर बस्न समस्या हुन्छ भने हिउँदयाममा हावाहुरीले विद्यालयको छानाबाट सिलेट खसेर चोट लाग्ने डर हुने गरेको छ । विद्यालय कुन समयमा भत्किन्छ भनेर आफूहरु हैरान भएको प्रधानाध्यापक ध्यारले बताउनुभयो । विद्यालय निर्माणका लागि सबैसँग सहयोग मागे पनि कसैले ध्यान नदिएको ध्यारको गुनासो छ ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ३ : ५२ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र