ढुंगाखानीको माटो जथाभावी फाल्दा मध्यपहाडी लोकमार्ग अवरोध « Khabarhub

ढुंगाखानीको माटो जथाभावी फाल्दा मध्यपहाडी लोकमार्ग अवरोध


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङमा ढुंगाखानीको ढुंगामाटो जथाभावी फाल्दा मध्यपहाडी लोकमार्गमा अवरोध पुगेको छ । पुष्पलाल मध्यपहाडी लोकमार्गको दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डका विभिन्न ठाउँमा सडकमाथिका ढुंगाखानीबाट निस्किएको ढुंगामाटो जथाभावी मिल्काउँदा सडकमा अवरोध खडा भएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाको ढिकुरे, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा लगायतका स्थानमा सडकमाथिबाट ढुंगा निकाल्ने क्रममा निस्किएको ढुंगामाटो यत्रतत्र मिल्काउँदा सवारी आवागमनमा अवरोध पुगेको हो । सडकमा थुप्रिएको ढुंगामाटोले सडक दुर्घटनाको जोखिम बढाएको छ । सवारी आवागमनमा अवरोध पुगे पनि सडकमा थुप्रिएको ढुंगा माटो पन्छाउनमा कसैको ध्यान नपुगेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका स्थानीय गजेन्द्र राईले बताए ।

सडक, नहर, भवन लगायतका भौतिक संरचना निर्माणका लागि मध्यपहाडी आसपासबाट ढुंगा निकालिएको हो । ढिकुरेमा सडकभन्दा माथिबाट ढुंगा झिक्नेक्रममा सडकको कुना र डिलमा ढुंगामाटो थुप्रिएको छ । सोल्मामा ढुंगामाटोले सडकको आधा भाग ओगटेको छ । जग्गा धनीले निर्माण सम्वद्ध व्यक्तिलाई ढुंगा बिक्री गर्नेगरेका छन् । ढुंगा बिक्रीबाट कतिपय स्थानीयले राम्रो आम्दानी पनि लिने गरेका छन् ।

तर ढुंगा झिक्ने पक्षले ढुंगामाटो नपन्छाइ छोड्दा समस्या भएको हो । सडकमा थुप्रिएको ढुंगामाटो पन्छाउनका लागि आग्रह गरे पनि बेवास्ता गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका वडाध्यक्ष हरिप्रसाद चौंलागाईले बताए । ‘जग्गा धनीले ढुंगा बिक्री गर्छन् । तर ढुंगा झिक्नेले सडकमा झरेको ढुंगामाटो नपन्छाइ जान्छ,’ वडाध्यक्ष चौंलागाईले भने, ‘ढुंगामाटो पन्छाउन लगाए पनि पन्छाइएको छैन । ढुंगा झिके पनि सडकलाई असर पुग्नु भएन ।’

 

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ८ : ३३ बजे

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि

कांग्रेस महाधिवेशन: तीन हजार ७५४ मत खस्यो

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व

ग्यास अभावबाट प्रभावित विद्यार्थीलाई वैकल्पिक ऊर्जा केन्द्रले दियो इन्डक्सन चुलो

काठमाडौँ – वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले लोपोन्मुख आदिवासी जनजाति तथा

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न