कैलालीमा स्कारपियोले अटोलाई ठक्कर दिँदा तीन जना घाइते « Khabarhub

कैलालीमा स्कारपियोले अटोलाई ठक्कर दिँदा तीन जना घाइते


१७ मंसिर २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

धनगढी – कैलालीमा स्कारपियोले अटोलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन्। शनिबार जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ बल्चौरस्थित पूर्वपश्चिम राजमार्गमा स्कारपियोले अटोलाई ठक्कर दिएपछि दुर्घटना भएको हो।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको गरेको बा १४ च ९५७६ नम्बरको स्कारपियोले विपरीत दिशाबाट आइरहेको से १ ह ९३३ नम्बरको अटोलाई ठक्कर दिएको थियो। ठक्करपछि ३ जना घाइते भएका छन। घाइते हुनेमा अटो चालक २९ वर्षीय दिपक वादी, अटोमा पछाडि सवार अन्दाजी ३० वर्षीय हरिश वादी र अन्दाजी २४ वर्षीया कल्पना वादी रहेका छन्।

घाईते तिनै जनालाई उपचारको लागि कोहलपुर मेडिकल कलेज लगिएको छ। ठक्कर दिने स्कारपियो चालक नेपालगन्ज उपमहानगरपालिका १० बस्ने ४१ वर्षीय भुपेन्द्र बिकलाई भने प्रहरीले पक्राउ गरेको छ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ९ : १५ बजे

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का