‘प्रचण्डको खल्तीबाट केन्द्रीय सदस्य बनेका होइनौँ’ « Khabarhub

‘प्रचण्डको खल्तीबाट केन्द्रीय सदस्य बनेका होइनौँ’


२० पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेकपा माओवादी केन्द्रकी नवनिर्वाचित केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद दुर्गा विश्वकर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खल्तीबाट नेता नबनेको बताएकी छन् ।

खबरहबको रेडियो क्यान्डिडको कार्यक्रम ‘क्यान्डिड टक’मा कुरा गर्दै विश्वकर्माले आफूहरु प्रचण्डको खल्तीबाट केन्द्रीय सदस्य नबनेको बताएकी हुन् ।

‘हामी भन्या को हो ? वर्षौदेखि पार्टीमा लागेको, जनताका लागि राजनीति गरेको नेताहरु नै केन्द्रीय सदस्य बनेका हुन् । केन्द्रीय सदस्य बनेका धेरै नेतालाई प्रचण्डले नै राम्रोसँग चिन्दैनन्, उनीहरुसँग सँधै बोलचालै हुँदैन । आफ्नो दुःख र संघर्षले धेरै नेता केन्द्रीय सदस्यमा पुग्नु भएको हो,’ उनले कार्यक्रममा भनिन्, ‘पार्टीको विधि, विधान र संघर्षले हामी केन्द्रीय सदस्य बनेका हौँ । प्रचण्डको खल्तीबाट भएका होइनौँ ।’

साथै उनले प्रचण्डले नाम बाचन गरेर २३६ जना सदस्यको टुंगो लगाउँदा उनले नेतृत्वको बचाउ गरिन् । समानुपातिक पद्धतिलाई कार्यान्वयन गरिएको भन्दै प्रचण्डको खल्तीबाट केन्द्रीय सदस्य बनाएको भन्नु आपत्तिजनक रहेको पनि नेता विश्वकर्माले बताइन् ।

‘तपाईहरुले पटक पटक खल्तीबाट केन्द्रीय सदस्य बनेको भन्नु आपत्तिजनक छ,’ उनले भनिन्, ‘देशको सबैभन्दा धेरै क्रान्तिकारी र परिवर्तनको नेतृत्व गर्ने पार्टीमा कसैको खल्तीबाट नेताहरु केन्द्रीय सदस्य बन्दैनन् । जनयुद्ध लडेर ज्यानको बाजी लगाएर लडेका व्यक्ति नै नेता हुँदै केन्द्रीय सदस्य बनेका हुन् ।’

माओवादी परिवर्तनकारी शक्ति भएको र देशमा गणतन्त्र, संविधान र संघीयता आउनुमा प्रचण्डकै नेतृत्व जिम्मेवार रहेको पनि उनले बताइन् । साथै उनले नेताकै सहमतिबाट अध्यक्षमा प्रचण्ड चुनिएको र केन्द्रीय सदस्यमा सबैको समान सहभागिता रहेको दाबी गरिन् ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ७ : ५५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै