माओवादीबाट छानिए राष्ट्रिय सभा सदस्यका उम्मेदवार, को-को हुन् ? « Khabarhub

माओवादीबाट छानिए राष्ट्रिय सभा सदस्यका उम्मेदवार, को-को हुन् ?


२० पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादीले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आफ्नो पार्टीको तर्फबाट उम्मेदवारको नाम टुंगो लगाएको छ । आउँदो १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको थियो ।

जसअनुसार प्रचण्डले मोरङकी उर्मिला अर्याललाई प्रदेश २ मा, गण्डकीमा सुरेश आलेमगर र भरत सुनारको नाम टुंगो लगाएका प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । उनका अनुुसार आले अन्य कोटा र सुनार दलित कोटाबाट उम्मेदवार बनेका हुन् ।

यस्तै कर्णाली अपांग तथा अल्पसंख्यकबाट सुर्खेत नरबहादुर विष्ट र दलितबाटै सुदूरपश्चिमबाट जगत पार्कीलाई उम्मेदवार बनाइएको छ । एक जना राष्ट्रपतिबाट मनोनित गरिने भएकाले त्यसका लागि रामनारायण बिडारीको नाम अध्यक्ष प्रचण्डले टुंगो लगाएका छन् ।

रिक्त रहेका राष्ट्रिय सभा सदस्यमा यसअघि जुन पार्टीबाट निर्वाचित भएकाले थिए सोही पार्टीलाई छाडिने दिने सत्तारुढ गठबन्धनले निर्णय गरेको थियो । जसअनुसार माओवादी कोटाबाट बिडारी राष्ट्रिय सभामा मनोनीत भएका थिए । फेरि उनैलाई दोहोर्‍याउन थालिएको हो । तर, एमालेबाट निर्वाचित भएको स्थानमा भने गठबन्धनले भागबन्डा गरेको छ ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ११ : ३३ बजे

काभ्रेमा मतदाता नामावलीबाट २ हजार ६०२ जनाको नाम हटाइयो

बनेपा – काभ्रेमा मृत्यु, दोहोरो दर्ता र नागरिकता परित्याग गरेका २

मध्यावधि चुनावअघि अमेरिकाले इरानमाथि आक्रमण नगर्ने

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३