अष्ट्रेलियामा कोरोना संक्रमण दर उच्च | Khabarhub Khabarhub

अष्ट्रेलियामा कोरोना संक्रमण दर उच्च


२० पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिड्नी–अष्ट्रेलियामा एकैदिनमा ४३ हजार बढी कोरोना संक्रमित थपिएका छन् । अष्ट्रेलियाका विभिन्न राज्यमा गरी पछिल्लो २४ घण्टामा ४३ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार न्यु साउथ वेल्समा ८३ हजार ३७६ जनाको स्वाब परीक्षण गर्दा सबैभन्दा बढी २३ हजार १३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहाँ कोरोनाबाट २ जनाको मृत्यु भएको छ ।

त्यस्तै भिक्टोरियामा ६० हजार ५ सय १५ जनाको स्वाब परीक्षण गर्दा १४ हजार २० जनामा कोरोना संक्रमण देखिएको छ । यहाँ सक्रिय संक्रमितको संख्या ४८ हजार २ सय ९७ छ । भिक्टोरियामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ ।

यस्तै क्वीन्सल्याण्डमा ३३ हजार ३ सय १३ को स्वाब परीक्षणबाट ५ हजार ६९९ जनामा कोरोना पुष्टि भएको छ । तास्मनियामा सोमबार २ हजार ८८ परिक्षणमा गर्दा ७०२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  १२ : ३५ बजे

वैभव सूर्यवंशीको कीर्तिमानी शतकसँगै भारतले जित्यो शृङ्खला

काठमाडौं – वैभव सूर्यवंशीले फेरि विस्फोटक पारी खेलेपछि भारतीय यु-१९

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार

आज २०८२ साल असार २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार