बार्सिलोनाका टोरेस र पेड्रीलाई कोरोना संक्रमण « Khabarhub

बार्सिलोनाका टोरेस र पेड्रीलाई कोरोना संक्रमण


२० पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी)– स्पेनिस ला लिगा क्लब बार्सिलोनाका फेरान टोरेस र पेड्रीलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीबाट सरुवा भएका फेरान टोरेस र मिडफिल्डर पेड्री छन् । दुवै स्पेनिस राष्ट्रिय टोलीका सदस्य हुन् ।

ला लिगाअन्तर्गत शनिबार रियाल मायोर्काविरुद्ध १–० को जित निकाल्दा बार्सिलोनाका १७ खेलाडी उपलब्ध थिएनन् । पछिल्लो समय क्याटलान क्लबमा १० जना कोभिड संक्रमित छन् ।

बार्सिलोनाले जारी विज्ञप्तिमा दुबै खेलाडीको स्वास्थ्य अवस्था सामान्य रहेको र आइसोलेसनमा बसिसकेको उल्लेख गरेको छ । बार्सिलोनाले बुधबार कोपा डेल रे अन्तर्गत लिनारेस र ला लिगाअन्तर्गत शनिबार ग्रानाडाविरुद्ध मैदान उत्रँदै छ ।

लिगमा १९ खेलबाट ३१ अंक जोडेको बार्सिलोना पाँचौँ स्थानमा छ ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  १ : ०० बजे

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको