सुन किनबेचमा नगद कारोबारको सीमा बढाउन माग « Khabarhub

सुन किनबेचमा नगद कारोबारको सीमा बढाउन माग


२० पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुनचाँदी व्यवसायीहरूले १० लाख रुपैयाँसम्म सुन कारोबार गर्दा नगदमै गर्न पाउनुपर्ने माग गरेका छन् ।

मंगलबार आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलसँग भेट गरी नेपाल सुनचाँदी व्यवसायी महासंघले नगद कारोबारको सीमा बढाउन माग गरेका हुन् ।

हाल सुन चाँदीलगायतका बहुमूल्य धातुको कारोबार गर्दा ५० हजारसम्म मात्र नगदमा गर्न पाइने व्यवस्था छ । यसभन्दा बढीको कारोबार बैंकिङ प्रणालीबाट गर्नुपर्ने प्रावधान छ । तर, यो व्यवस्थाको प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन ।

महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले महानिर्देशक पौडेलसँगको भेटमा आर्थिक नियमावलीमा सुनचाँदीका मुद्दा समावेश गर्न सरकारसँग आग्रह गरेका छन् । उनीहरूको जर्तीको मापदण्डमा एकरुपता कायम गर्दै १० प्रतिशत गर्नुपर्ने र लेखापरीक्षणमा एकरुपता कायम गर्नसमेत माग गरे ।

विभागका महानिर्देशक पौडेलले व्यवसायीले उठाएका मागहरूलाई अध्ययन गरी सम्बोधन गर्न पहल गर्ने आश्वासन दिएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘व्यवसायीका समस्या समाधान गर्न विभागले सदैव सहयोग गर्दै आइरहेको छ । अब पनि के गर्न सकिन्छ त्यो अध्ययन गरी हामी आवश्यक निर्णय लिन्छौं,’ उनले भने ।

महासंघका अध्यक्ष शाक्यले प्रष्ट कानुनी व्यवस्थाको अभावमा बजारमा व्यवसायीबीच द्विविधा उत्पन्न नहोस् र जर्ती जस्तो विषयमा व्यवसायीले आफूखुसी सीमा निर्धारण गर्दा एउटै सामानको पसलपिच्छे फरक फरक मूल्य कायम नहोस् भन्ने उद्देश्यले आर्थिक नियमावलीमार्फत यसलाई समेट्न आग्रह गरिएको बताए ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  २ : १५ बजे

कहाँकहाँ स्थापना भए काठमाडौंका निर्वाचन कार्यालय ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

देउवाको क्षेत्र डडेलधुराबाट कांग्रेसको उम्मेदवार बने नैनसिंह महर

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने भएपछि

कास्कीमा निर्वाचन लक्षित सुरक्षा रणनीति तय

कास्की– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ

उम्मेदवारी दर्ता अघि ओलीले भने- आजैबाट हराएका सपना जगाउन सुरु गरौँ

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको

समानुपातिकतर्फ एक करोड दुई लाख बढी मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि