यही २५ गते प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाँदै, मोदीसँग गुजरातमै भेटवार्ता हुने « Khabarhub

यही २५ गते प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाँदै, मोदीसँग गुजरातमै भेटवार्ता हुने


२० पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने भारत भ्रमणमा जाने तय भइसकेको छ । त्यसक्रममा उनी २५ पुसमा नयाँ दिल्ली प्रस्थान गर्नेछन् । उनले २६ पुसमा गुजरातको अहमदाबादमा आयोजना हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनलाई सम्बोधन गर्ने भएका छन् । सम्मेलनमा सहभागी हुनकै लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देउवालाई निम्तो दिएका छन् ।

प्रधानमन्त्री बनेपछि देउवाको यो दोस्रो विदेश भ्रमण र भारतको पहिलो भ्रमण हुनेछ। तर यो प्रधानमन्त्री देउवाको राजकीय भ्रमण भने होइन । यसअघि उनी जलवायु सम्बन्धी शिखर सम्मेलनमा सहभागी हुन स्कटल्याण्ड गएका थिए।

नेपाल र भारतका परराष्ट्र मन्त्रालयले यही साता देउवाको भारत भ्रमणको मिति र कार्यक्रम एकैसाथ सार्वजनिक गरिने परराष्ट्र मन्त्रालय स्रोतले जनायो । स्रोतले भन्यो, ‘भ्रमणको मिति र कार्यक्रम तय भइसकेको छ, तर दुबैतर्फबाट यो सार्वजनिक गरिने भएकाले केही समयका लागि रोकिएको हो।’

प्रधानमन्त्री देउवाका सबै भेटवार्ता गुजरातमै हुने तय भएको छ । भारतीय प्रधानमन्त्री मोदी गुजरातमै हुने भएकाले नयाँ दिल्लीमा यसपटक भेटवार्ता नहुने प्रधानमन्त्री देउवाको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री २५ पुसमा नयाँ दिल्ली ट्रान्जिट भएर अपराह्न गुजरात पुग्नेछन् । भारतीय समकक्षी मोदीले विदेशी राष्ट्रप्रमुख, सरकारप्रमुख एवं प्रतिनिधिमण्डलका लागि आयोजना गर्ने स्वागत समारोहमा देउवा सहभागी हुनेछन् । उनीसहित आधा दर्जन सरकार–राष्ट्रप्रमुख गुजरात सम्मेलनमा सहभागी हुने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवाले भ्रमणको दोस्रो दिन २६ पुसमा भाइब्रेन्ट गुजरात सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यही दिन उनले भारतीय समकक्षी मोदीसँग द्विपक्षीय औपचारिक वार्ता गर्नेछन् ।

प्रधानमन्त्री देउवा सानो आकारको प्रतिनिधिमण्डलसहित भारत जाने गरी तयारीमा लागेका छन् । देउवाले भारतसँग सीमा समस्या समाधान, विगतमा भएका सम्झौताहरूको कार्यान्वयन, कोभिड १९ पछि आर्थिक पुनःस्थापनामा भारतको सहयोग तथा नेपालमा भारतीय लगानीको बढोत्तरी, ऊर्जा, डुबानलगायतका समस्याबारे छलफल गर्ने गरी एजेन्डा तयार पारिएको छ ।

 

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ४ : २५ बजे

कहाँकहाँ स्थापना भए काठमाडौंका निर्वाचन कार्यालय ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

देउवाको क्षेत्र डडेलधुराबाट कांग्रेसको उम्मेदवार बने नैनसिंह महर

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने भएपछि

कास्कीमा निर्वाचन लक्षित सुरक्षा रणनीति तय

कास्की– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ

उम्मेदवारी दर्ता अघि ओलीले भने- आजैबाट हराएका सपना जगाउन सुरु गरौँ

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको

समानुपातिकतर्फ एक करोड दुई लाख बढी मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि