ललिता निवास प्रकणका प्रमुख अभियुक्त ढकालसहित ५ जनाविरुद्ध २ अर्ब ४० करोडको मुद्दा दायर « Khabarhub

ललिता निवास प्रकणका प्रमुख अभियुक्त ढकालसहित ५ जनाविरुद्ध २ अर्ब ४० करोडको मुद्दा दायर


२० पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा सारेको प्रकणका मुख्य अभियुक्त शोभाकान्त ढकालमाथि राजस्व छलीको मुद्दा दायर भएको छ । राजस्व अनुसनधान विभागले मंगलबार ढकालसहित पाँचजना विरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले ढकाल, सरोज ढकाल, उमा कुमारी ढकाल, सान्टु श्रेष्ठ र राजेश्वर श्रेष्ठका विरुद्धमा उच्च अदालत पाटनमा राजस्व छलीको मुद्दा दायर गरेको हो। विभागले एक अर्व वीस करोड उनन्चास लाख सत्र हजार आठ सय चौविस रुपैयाको बिगो र सोही बराबरको जरिमाना गरी दुई अर्ब ४० करोड ९८ लाख ३५ हजार ६ सय ४८ रुपैयाँ असुल गर्ने दाबीसहित मुद्दा दायर गरेको हो।

शोभाकान्त सञ्चालक रहेको आनसान प्रालिको लेखा परीक्षण राजेश्वर एण्ड कम्पनीका प्रोपाइटर राजेश्वर श्रेष्ठले गरेका थिए । श्रेष्ठले राजश्व चुहावट गर्ने मनासायले जालसाजीयुक्त, नक्कली तथा झुठो मूल्य अभिवृद्धि कर विवरण तयार गरेको भेटिएको विभागले दाबी गरेको छ ।

प्रेस विज्ञप्‍ति

मितिः- २०७८।०९।२०

राजस्व अनुसन्धान विभागबाट निम्न विवरण सहितको राजस्व चुहावट सम्बन्धी मुद्दा उच्च अदालत पाटन, ललितपुरमा मिति २०७८।०९।२० मा दायर गरिएको छ।

  • अभियुक्तको विवरणः
  • जिल्ला काठमाडौं, नागार्जुन नगरपालिका वडा नम्बर १, नर्सरीचोक स्थायी ठेगाना भएका आनसान इन्टरनेशनल प्रा.लि. (स्था.ले.नं.301330563) को संञ्चालक शोभाकान्त ढकाल, सरोज ढकाल, उमा कुमारी ढकाल, सान्टु श्रेष्ठ तथा
  • जिल्ला ललितपुर, ललितपुर महानगरपालिका वडा नम्बर 7 सुन्धारा स्थायी ठेगाना भएका आनसान इन्टरनेशनल प्रा.लि. (स्था.ले.नं. 301330563) को लेखापरीक्षक तथा लेखापरिक्षण गर्ने फर्म राजेश्वर एण्ड कम्पनी (स्था.ले.नं. 301443603) का प्रोपराइटर राजेश्वर श्रेष्ठ
  • कसुरको संक्षिप्‍त विवरणः उक्त फर्मले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयूक्त, नक्कली तथा झुट्टा मूल्य अभिबृद्धि कर विवरण, बित्तीय विवरणहरु तथा आय विवरणहरु तयार गरी कारोबार नै नभएको देखाई अर्थात कारोबार शुन्य देखाई प्रचलित आयकर ऐन तथा मुल्य अभिबृद्धि कर ऐन तथा नियमहरु बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको कार्य गरेको ।
  • कायम भएको विगो र सजायको मागदाविः राजस्व अनुसन्धान (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) ऐन 2052 को दफा 3 ले निषेधित सोही ऐनको दफा 4(क), (च) र (झ) बमोजिमको कसुर गरेको पुष्टी हुन आएकोले सोही ऐनको दफा 2(छ१) हुन आउने मु.अ.कर तर्फ रु. 42,26,07,351।-, आयकर तर्फ रु.68,48,26,097।- र लाभासं तर्फ रु. 9,74,84,376।- समेत जम्मा हुन आउने कुल विगो रु.1,20,49,17,824।- (एक अर्व वीस करोड उनन्चास लाख सत्र हजार आठ सय चौविस रुपैया मात्र) राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) ऐन, 2052 को दफा 23(१) बमोजिम निजबाट विगो रु. 1,20,49,17,824।- असुल गरी सोही ऐनको दफा 23(१) बमोजिम कायम भएको विगोको शत प्रतिशत रु.1,20,49,17,824।- जरिवाना तथा दफा 23(१)(ग) बमोजिम हदैसम्मको ३ वर्षसम्म कैद सजाय हुन र उक्त फर्ममा राजस्व चुहावटमा सहयोग गरेकोले ऐनको साविक दफा २३ को उपदफा (२) तथा (पहिलो संशोधनसमेत) दफा २३ को उपदफा (१)को देहाय (घ) बमोजिम हुने सजायमा दफा २३ उपदफा (३) बमोजिम निज प्रतिवादी राजेश्‍वर एण्ड कम्पनीका प्रोपाइटर लेखापरीक्षक राजेश्‍वर श्रेष्ठलाई मतियारमा आधा सजायको मागदावी गरी यो अभियोग पत्र दायर गरिएको छ ।

 

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ४ : ४७ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड