देउवा एकलौटी बढ्ने खोजेको भन्दै कोइराला समूह सशंकित « Khabarhub

देउवा एकलौटी बढ्ने खोजेको भन्दै कोइराला समूह सशंकित

बुधबार कोइराला समूहको बैठक बस्दै


२० पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एकलौटी रुपमा अगाडि बढ्ने खोजेको भन्दै देउवासँग प्रतिस्पर्धा गरेको डा.शेखर कोइराला समूह सशंकित बनेको छ । सभापति निर्वाचित भएपछि प्रमाणपत्र बुझ्दा देउवाले सबैलाई समेटेर अगाडि बढ्ने बताए पनि उनले गरेका नियुक्तिले कोइराला समूह झस्किएको हो ।

मंगलबार अनुपम फुडल्याण्डमा कोइराला समूहका नेताहरुको अनौपचारिक बैठक बसेर महाधिवेशन र देउवाबारे समीक्षा गरेको छ । बैठकपछि केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने, ‘आज खास हाम्रो बैठक होइन, अनौपचारिक भेट भएको हो। सभापति देउवाजीको काम गराइबारे सामान्य कुरा भएको छ ।’

उनले १३ जना केन्द्रीय सदस्य मनोनित गर्दा देउवाले एकलौटी गरेको टिप्पणी गरे। देउवाले आफूलाई सहयोग गर्ने र आफू निकटका नेतालाईमात्र केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । नेता केसीले केन्द्रीय सदस्य मनोनयन र राष्ट्रियसभा सदस्यका उम्मेदवार छनोटले देउवा एकलौटी अगाडि बढ्न खोजेको जस्तो देखिएको बताए ।

डा. शेखर कोइरालाले मंगलबार आफ्नो टिमबाट उम्मेदवार बनेका नेताहरुलाई आगामी रणनीतिबारे छलफल गर्न बैठक बोलाएका छन् । सो बैठकले संस्थापन इतर समूह आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने निर्णय लिनेछ ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ७ : १० बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण