विद्यालय समयमा अन्य काममा नलाग्न शिक्षकलाई शिक्षामन्त्रीको आग्रह | Khabarhub Khabarhub

विद्यालय समयमा अन्य काममा नलाग्न शिक्षकलाई शिक्षामन्त्रीको आग्रह


२० पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विद्यालय समयमा अतिरिक्त क्रियाकलाप नगर्न शिक्षकहरुलाई आग्रह गरेका छन् । बागलुङ नगरपालिका–१४ मा रहेको गणेश माध्यमिक विद्यालयको ४१ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै शिक्षकहरुको काम पढाउने भएकाले विद्यालय समयमा अन्य क्रियाकलापमा नलाग्न आग्रह गरे।

‘शिक्षकको काम पढाउने हो, विद्यार्थीको काम पढ्ने हो,’ उनले भने, ‘अभिवाकको सहयोग, शिक्षकको लगनशीलता र विद्याथीहरुको सक्रियता भयो भने सार्वजनिक शिक्षा सुधार हुन्छ ।’

उनले शिक्षा मन्त्रालयको कार्यभार सम्हालेपछि विद्यालयमा शिक्षकहरुको अभावको कुरालाई मध्यनजर गर्दै शिक्षा नियमावलीको ११ औं सशोधन मन्त्रिपरिषद्बाट गराएर विज्ञापन खुलाउन सफल भएको बताए।

विद्यार्थीलाई किताबी ज्ञानले मात्र नहुने भन्दै शिक्षकहरुलाई अहिलेको प्रविधिसँग अपडेट हुन पनि आग्रह गरे। राष्ट्रिपति शैक्षिक सुधार कार्यक्रमलाई थप व्यवस्थित गर्दै तीन वर्षभित्र देशभर विद्यालयका भवन बनाउने लक्ष्य मन्त्रालयको भएको बताउँदै प्राविधिक शिक्षामा मन्त्रालयको जोड रहेको पनि उल्लेख गरे ।

‘आज नेपालको सार्वजनिक शिक्षा राम्रो छैन भन्ने कुरा बाहिर आएको छ,’ उनले भने, ‘सार्वजनिक शिक्षा सुधार गर्न मन्त्रालय प्रतिबद्ध छ ।’

५ वर्षदेखि रोकिराखेको आन्तरिक शिक्षक बढुवाको कामको थलानी भएको बताउँदै ३ हजार ३ सयभन्दा बढि शिक्षकहरुको बढुवा हुने बताए ।

 

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  १० : ४० बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु