आमाको हत्या गर्ने छोराबाट नै खोजीका लागि प्रहरीमा निवेदन…! « Khabarhub

आमाको हत्या गर्ने छोराबाट नै खोजीका लागि प्रहरीमा निवेदन…!


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङको पथरीमा हराएको भनिएकी आमाको छोराले नै हत्या गरेको खुलेको छ । पथरी–शनिश्चरे नगरपालिका–२ का ४८ वर्षीय कमल श्रेष्ठ र उनका दाइ (नाम खुलाइएको छैन) ले आमा हराएको भन्दै माघ १४ गते प्रहरीमा निवेदन दिएका थिए । ९० वर्षीय आमा जगमाया श्रेष्ठको खोजतलास गरी दिन उनीहरूले प्रहरीसँग आग्रह गरेका थिए ।

खोजी गर्ने क्रममा प्रहरीले स्थानीयवासीसँग सोधपुछ सुरु ग¥यो । त्यसक्रममा स्थानीयले आमा र छोराबीच जग्गासम्बन्धी विवाद रहेको प्रहरीलाई बताए । सोही ‘सूचना’ का आधारमा कमलसँग केरकार गर्न थालेपछि उनले अपराध स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

कमलले माघ १२ गते बिहान आमालाई घाँटी थिचेर हत्या गरेको र त्यसपछि शवलाई नजिकैको सामुदायिक वन क्षेत्रमा जलाएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट जल्न बाँकी शरीरका केही भाग बरामद् गरेको छ । बरामद् शरीरका अंगलाई परीक्षणका लागि काठमाडौँ पठाइएको पनि श्रेष्ठले जानकारी दिए ।

जग्गाको लोभमा हत्या
छोराले आमाको हत्या गरेको यो घटनाको मुख्य कारण जग्गा विवाद रहेको छ । बुवाको नाममा रहेको १५ कट्ठा ९ धुर जमिन उनको निधनपछि कमलले गुपचुप तरिकाबाट श्रीमतीको नाममा दर्ता गराइदिएका थिए । यो कुरा थाहा पाएपछि आमा जगमाया र दाइले मुद्दा दायर गरी दिए ।

अदालतले जगमायाको नाममा पाँच कट्ठा जमिन हुने फैसला गरी दियो । सोही कारणले कमलले आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । थप अनुसन्धान जारी रहेको छ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  १२ : ०५ बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई