आमाको हत्या गर्ने छोराबाट नै खोजीका लागि प्रहरीमा निवेदन…! « Khabarhub

आमाको हत्या गर्ने छोराबाट नै खोजीका लागि प्रहरीमा निवेदन…!


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङको पथरीमा हराएको भनिएकी आमाको छोराले नै हत्या गरेको खुलेको छ । पथरी–शनिश्चरे नगरपालिका–२ का ४८ वर्षीय कमल श्रेष्ठ र उनका दाइ (नाम खुलाइएको छैन) ले आमा हराएको भन्दै माघ १४ गते प्रहरीमा निवेदन दिएका थिए । ९० वर्षीय आमा जगमाया श्रेष्ठको खोजतलास गरी दिन उनीहरूले प्रहरीसँग आग्रह गरेका थिए ।

खोजी गर्ने क्रममा प्रहरीले स्थानीयवासीसँग सोधपुछ सुरु ग¥यो । त्यसक्रममा स्थानीयले आमा र छोराबीच जग्गासम्बन्धी विवाद रहेको प्रहरीलाई बताए । सोही ‘सूचना’ का आधारमा कमलसँग केरकार गर्न थालेपछि उनले अपराध स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

कमलले माघ १२ गते बिहान आमालाई घाँटी थिचेर हत्या गरेको र त्यसपछि शवलाई नजिकैको सामुदायिक वन क्षेत्रमा जलाएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट जल्न बाँकी शरीरका केही भाग बरामद् गरेको छ । बरामद् शरीरका अंगलाई परीक्षणका लागि काठमाडौँ पठाइएको पनि श्रेष्ठले जानकारी दिए ।

जग्गाको लोभमा हत्या
छोराले आमाको हत्या गरेको यो घटनाको मुख्य कारण जग्गा विवाद रहेको छ । बुवाको नाममा रहेको १५ कट्ठा ९ धुर जमिन उनको निधनपछि कमलले गुपचुप तरिकाबाट श्रीमतीको नाममा दर्ता गराइदिएका थिए । यो कुरा थाहा पाएपछि आमा जगमाया र दाइले मुद्दा दायर गरी दिए ।

अदालतले जगमायाको नाममा पाँच कट्ठा जमिन हुने फैसला गरी दियो । सोही कारणले कमलले आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । थप अनुसन्धान जारी रहेको छ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  १२ : ०५ बजे

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज