निद्राबाट ब्युँझँदा यी लक्षण देखिए सावधान हुनुहोस् « Khabarhub

निद्राबाट ब्युँझँदा यी लक्षण देखिए सावधान हुनुहोस्


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टाइप–टु मधुमेह निकै खतरनाक मानिन्छ । साधरणतया यसको लक्षण रगतमा चिनीको मात्रा उच्च स्तरमा नभएसम्म देखिँदैन । तर रगतमा चिनीको मात्रा उच्च स्तरमा बढ्दा मुटु रोग लागिसक्ने खतरा बढ्न सक्छ । यद्यपि, बिहान निद्राबाट ब्युँझिएको केही समयपछि शरीरमा साधारण केही परिवर्तनले टाइप टु मधुमेहको खतरा संकेत गर्न सक्छ ।

बिहान उठ्दा मुख सुक्नु टाइप टु मधुमेहको संकेत मानिन्छ । राती बारम्बार पिसाब फेर्न उठ्नु, अत्यधिक प्यास लाग्नु पनि यसको लक्षण हो । मधुमेह हुँदा रगतमा ग्लुकोजको मात्रा अत्यधिक बढ्ने भएकोले असाध्यै प्यास लाग्छ र बारम्बार पिसाब लाग्छ । यदि बिहान उठ्दा मुख र घाँटी सुक्छ भने सतर्क हुनुपर्छ । यो टाइप–टु डायबिटिजको संकेत हुनसक्छ ।

टाइप टु मधुमेहलाई अन्य केही सानातिना लक्षणबाट पनि पहिचान गर्न सकिन्छ । थकान, आँखा धमिलो हुनु, यौनसम्बन्धी समस्या, सानो घाउ पनि ढिला गरी निको हुनु, फंगल इन्फेक्सन र शरीरमा दाना वा खटिरा निस्कने यसका लक्षण हुन सक्छ । तसर्थ टाइप–टु मधुमेहको लक्षण देखिएको छ र तुरुन्त यसको परीक्षण गराउनुपर्छ । साथै जीवनशैलीमा परिवर्तन ल्याउनुपर्छ ।

 

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ७ : ४१ बजे

तत्काल बजार भाउ घटाउन मन्त्री यादवको कडा निर्देशन

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले निजी क्षेत्रका विभिन्न

प्रतिनिधिसभामा बाध्यकारी श्रम महासन्धिको प्रोटोकलमाथि छलफल

काठमाडौं-प्रतिनिधिसभाको आजको बैठकमा ‘बाध्यकारी श्रम महासन्धिको प्रोटोकल नं २९ र

बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान साउदी अरब भ्रमणमा जाँदै

ढाका- साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले पठाएको औपचारिक निमन्त्रणा

सरकारी आयुर्वेद औषधिको उत्पादन बढाउन स्वास्थ्यमन्त्री मेहताको जोड

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आइतबार नरदेवी आयुर्वेद