विश्व क्यान्सर दिवस : समयमै परीक्षण गरे निको हुन्छ | Khabarhub Khabarhub

विश्व क्यान्सर दिवस : समयमै परीक्षण गरे निको हुन्छ



‘क्यान्सरको उपचारको पहुँचको दुरीलाई बन्द गरौँ’ भन्ने मूल नाराका साथ आज विश्वभर विभिन्न कार्यक्रम गरी क्यान्सर दिवस मनाइँदै छ।

सुरुमै क्यान्सर रोगको उपचार भएमा बिरामी पूर्णरुपमा निको हुने भएकाले यसबारे सर्वसाधारणमा जनचेतना बढाउन हरेक वर्षको फेब्रुअरी ४ मा यो दिवस मनाइँदै आइएको छ। विश्वको तथ्यांक हेर्दा एक वर्षमा लगभग दुई करोड मानिसलाई क्यान्सर रोग लाग्ने गरेको छ। त्यसमध्ये करिब १९ हजार ४ सय १३ जनाको क्यान्सरबाटै मृत्यु हुने गरेको छ।

नेपालमा हरेक वर्ष करिब २६ हजार मानिसमा क्यान्सर लाग्ने गरेको बताइएको छ। तीमध्ये १९ हजारको मृत्यु हुने गरेको छ। नेपालमा करिब ६० हजार क्यान्सरका बिरामी रहेको अनुमान छ।

नेपालमा फोक्सो, आन्द्रा, पेट, स्तन, पाठेघरको मुख र डिम्बासयको क्यान्सरका बिरामी धेरै छन्। प्रारम्भिक चरणमा नै उपचार गरे क्यान्सर निको हुन्छ। दस हजार बिरामीको लागि एउटा रेडिएसन थेरापी मेसिन हुनुपर्छ। तर, नेपालमा भने छैन। नेपाल जम्मा आठ, नौ ओटा मात्रै रेडिएसन मेसिर छन् । आवश्यक मात्रामा उपकरण नहुँदा पनि क्यान्सरको उपचारमा समस्या भएको क्यान्सर रोग विशेषज्ञ डाक्टर अम्बुज कर्णले बताए।

विश्वमा बालबालिकालाई ब्रेन ट्युमर धेरै देखिएको छ, भने नेपालमा आँखामा लाग्ने रेटिनो ब्लाष्टमा धेरै देखिने गरेको कान्तिबाल अस्पतालमा कार्यरत डाक्टर सुधीर सापकोटाको भनाइ छ।

चुरोट र सूर्तीजन्य पदार्थ सेवन गरेमा क्यान्सर लाग्ने खतरा धेरै हुने चिकित्सक बताउँछन्। क्यान्सर लागेर ज्यान गुमाउनेमध्ये २२ प्रतिशत धुमपानका कारण भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। विकसित देसमा भन्दा विकासोन्मुख देशमा क्यान्सरका बिरामी बढ्दै गएको संगठनले जनाएको छ।

क्यान्सर बारेमा जान्नै पर्ने कुरा

क्यान्सर मानिसको जुनसुकै अंगमा लाग्न सक्छ।

शरीरका कोषिकाहरू अनियन्त्रित रूपमा बढ्दै जानु क्यान्सर हो।

समयमै यसको निदान गरी उपचार नगरेमा एउटा अंगमा लागेको क्यान्सर फैलिएर अर्को अंगसम्म पुग्नसक्छ।

क्यान्सर रोग खानपानका कारण लाग्ने भएकाले नेपालमा क्यान्सर बिरामी बढ्दै गएका छन्।

जुन उमेरका तथा जोकोहीलाई पनि लाग्न सक्ने रोग हो।

कुनै क्यान्सर वशांणुगत नै हुने गर्छन्। हरेक क्यान्सर वशांणुगत भने हुँदैन।

तर, केही क्यान्सरहरू ५ देखि १० प्रतिशतसम्म वशांणुगत हुने गर्छन्। जस्तै महिलाको स्तन क्यान्सर हुन्छन्।

जिनमा विकृती आएका कारण क्यान्सर हुनेहुन्छ।

क्यान्सर सुरूमा उपचार गरे निको हुनसक्छ। जुनसुकै क्यान्सर पहिलो स्टेजमा पत्ता लगाएको खण्डमा निको हुने धेरै सम्भावना छ।

दोस्रो स्टेजमा अलि कम र तेस्रो र चोथौ स्टेजमा रोग पत्ता लगाएम बचाउनलाई धेरै गाहोपर्छ।

पहिला–पहिला क्यान्सर लागेको मानिसलाई बचाउन सकिँदैन भनिथ्यो भने अहिले ३०–४० वर्षदेखि बाचेका मानिस धेरै छन्। त्यसकारण, क्यान्सरलाई जित्न सकिन्छ।

कुनै पनि क्यान्सरको बिरामी निको भएपछि सामान्य जीवनशैली फर्किन सक्छ।

तर, क्यान्सरमा निको भएका बिरामीको फ्लोअप कहिले छुट्दैन।किनभने कुनै कुनै बेला क्यान्सर बझिएर आउन सक्छ।

क्यान्सर हुनुको कारण

मादक पदार्थको सेवन जस्तै, खैनी, सुर्ती, पान, मसला, विडी, चुरोट, मदिरा आदि ।

महिलामा क्यान्सरको हुनुको कारण : नवजात शिशुलाई आमाको दूध नपिलाए, गर्भनिरोधक चक्कीको अत्याधिक प्रयोग।

खानपानको कारणले जस्तै, चिल्लो तथा वोसोयुक्त खानेकुराको सेवन, अत्याधिक मात्रामा नुनको सेवन गर्दा ।

महिनावारी पश्चात्त काखी वा स्तनमा गाँठो देखिनु।

विभिन्न लक्षण देखिएमा क्यान्सर हुने हुन्छ। लामो समयसम्म खोकी लागिरहने र सजिलै निको नहुने भएमा क्यान्सरको सम्भावना हुन्छ।

त्यसैगरी, स्वर धोद्रो भएमा क्यान्सर हुनसक्छ। लामो समय औषधिको सेवन गर्दा पनि निको नहुने र स्वर झन् घोद्रो हुँदै गएमा क्यान्सर हुन सक्छ।

महिलामा लगातार स्तन दुख्ने समस्या भएमा, शरीरमा दुख्नेरनदुख्ने गिर्खा देखिएमा पनि क्यान्सरको सम्भावना बढेर जान्छ। काखीमुनि हुने गिर्खा वा स्तनमा आउने गिर्खा पनि क्यान्सरको पहिलो स्टेज हुनसक्छ।

असाधारण रूपमा शरीरका कुनै पनि भागबाट रक्तश्राव भएमा वा पिप बगेमा पनि क्यान्सर हुनसक्छ।

दिसा वा पिसाबको रङमा बदलाव आएमा पनि क्यान्सरको सम्भावना हुन्छ, कहिले पातलो, कहिले कस्सिएको दिसा हुनेजस्ता समस्या देखिएमा पनि क्यान्सर हुनसक्छ। पानीको कम प्रयोग गर्दा पनि छोटो–छोटो समयमा पिसाब लाग्ने भएमा पनि क्यान्सर हुनसक्छ।

क्यान्सरका लक्षण

स्वर परिवर्तन हुनु ।

दुब्लाउदै जानु ।

शरीरमा गाँठागुठी वा गिर्खा देखिनु।

भोक नलाग्नु।

कोठी वा मुसाको आकार र रंग परिवर्तन हुनु।

थकाई बढी लाग्नु।

लामो समयसम्म घाउ निको नहुनु।

लगातार खोकी लाग्नु।

महिनावारी हुँदा रगत बढी हुनु।

अपच वा निल्न गाह्रो हुनु।

अत्याधिक रक्तश्राव वा पिप आएमा क्यान्सरको आशंका गर्न सकिन्छ।

क्यान्सर रोकथाम कसरी गर्ने?

क्यान्सर रोगको औषधि गर्नुभन्दा रोग नै लाग्न नदिनु उत्तम मानिन्छ, त्यसैले यसका कारक तत्वहरुवाट टाढा हुनु निकै राम्रो हुन्छ।

धूम्रपान त्याग्ने।

जीवनशैली परिवर्तन, खानपान र शारीरिक व्यायाम।

मद्यपान नगर्ने।

स्वस्छ वातावरण।

हेपाटाइटिस बि भ्याक्सिन लगाउने।

जंकफूड नखाने।

पोलेको मासु, सुकटी, सेकुवा नखाने।

गुप्ताङ्गको नियमित सफाई गर्ने।

नियमित पाठेघरको जाँच गर्ने।

धेरै जनासँग यौनसम्पर्क नराख्ने।

चिल्लो तथा बोसो कम खाने।

ताजा सागसब्जी र फलफूल खाने।

बासी वा ढुसी लागेको खाना नखाने।

धेरै नुन नखाने।

फोक्सोको क्यान्सर, सामान्यतया सुर्तीजन्य पदार्थको धुम्रपानले हुने भएकाले यीबाट टाढा रहने।

पाठेघरको मुखको क्यान्सर, सामान्यतया भाइरसको संक्रमणबाट हुने भएकाले ह्युमनप्यापीलोमा भाईरसको भ्याक्सिन लगाउने।

क्यान्सरको उपचार

क्यान्सरको उपचारले रोग निको पार्छ र साथै विरामीलाई गुणस्तरीय जीवन बाँच्न पनि सहयोग गर्छ। कस्तो क्यान्सर हो, शरिरको कुन भागमा छ, अन्य भागमा सरिसकेको छ की छैन, व्यक्ति कति स्वस्थ छ भन्ने कुरामा क्यान्सरको उपचार निर्भर रहन्छ। उपचारका विधिहरु एक्लै वा संयुक्त रुपमा प्रयोग गर्न सकिन्छ अथवा पहिलो विधिले राम्रोसँग काम नगरेमा अर्को उपचार विधिको प्रयोग गर्न सकिन्छ।

उपचार विधि 

शल्यक्रिया – शरीरबाट क्यान्सर भएको अंग निकालिन्छ।

केमोथेरापी – क्यान्सरका कोषिका नष्ट गर्न औषधीको प्रयोग गरिन्छ।

विकिरण (रेडियसन) – क्यान्सरका कोषिका नष्ट गर्न शक्तिशाली रेडियो तरङ्गको प्रयोग गरिन्छ।

हर्मोन थेरापी – क्यान्सरलाई खराब बनाउने हर्मोनहरु रोक्न औषधिको प्रयोग गरिन्छ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  १० : ४५ बजे

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता

काठमाडौं उपत्यकाका पाँच क्षेत्रमा भेला र प्रदर्शन गर्न निषेध

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं उपत्यकाका विभिन्न पाँच क्षेत्रमा