सरिता र सुवर्णको ‘चिया पकाउ’ | Khabarhub Khabarhub

सरिता र सुवर्णको ‘चिया पकाउ’


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका सरिता भारती र गायक सुवर्ण कुमारको सहकार्यमा नयाँ काठे गीत ‘चिया पकाउ’ सार्वजनिक भएको छ । गीतमा सुवर्णकै शब्द, संगीत र संगीत संयोजन छ ।

भिडियोमा गायिका सरिता र अभिनेता प्रवण भुसालबीचको प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको छ । अभिनेता प्रवण र गायिका सरिताले यसअघि सर्ट फिल्म ‘द डटर’ र ‘थाहै नपाई’गीतको भिडियोमा सँगै अभिनय गरिसकेका छन् । यो भिडियोमा सरिता र प्रवणसँगै विष्णु श्रेष्ठ, सुस्मिता श्रेष्ठ, सुनिता मगराती, सुस्मिता कार्कीको पनि अभिनय रहेको छ ।

सुवास बुढाथोकीको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा एस कुमारको छायांकन र सम्पादन तथा वीरेन्द्र भाट विपिनको रंग संयोजन छ ।

भिडियोलाई बुढासुब्बा डिजिटलबाट बुधबार रिलिज गरिएको हो ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  १२ : १६ बजे

बजेटमा घरेलु तथा साना उद्योगीको माग : नवीकरण निःशुल्क (भिडियोसहित)

काठमाडौं– सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्ष ०८१/८२ को बजेटमा

‘ओलीले पुरानै स्टायल दोहोर्‍याउनु भयो, कांग्रेसका कारण देश मध्यावधिमा जान सक्छ’

काठमााडौं- प्रतिनिधिसभामा खरोरुपमा प्रस्तुत हुने नेतामा पर्छन् नेकपा एमालेका सांसद

चर्चामा बहादुरीको कथा

बेलायती जुम्ल्याहा दिदी बहिनीको यो बहादुरीको कथा तीन वर्ष अघिको

लाखौं रकम अपचलन भएका दोलखाका ३ सहकारीमा विशेष साधारणसभा आह्वान

दोलखा– लाखौँ रकम हिनामिना तथा अपचलन भएका दोलखाका तीनवटा सहकारीमा

इच्छाकामनाको चेपाङ बस्तीमा ‘एक घर, एक धारा’

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–२ को छापडाँडामा ‘एक घर एक धारा’