नेपाल मेडिसिटीको रिसर्च इकाईलाई विकास गरिँदै « Khabarhub

नेपाल मेडिसिटीको रिसर्च इकाईलाई विकास गरिँदै


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल मेडिसिटी अस्पताल र नेपाल इन्टेन्सिभ केयर रिसर्च फाउण्डेसन ( एनआइसीआरएफ) बीच हालै समन्वयका लागि सम्झौता भएको छ । दुईबीच विशिष्टकृत अनुसन्धान इकाई स्थापना गर्न सम्झौता भएको हो ।

नेपाल मेडिसिटीले यस सम्झौताबाट सघन उपचारको कुनै पनि समस्यालाई बुझ्न, त्यसबाट ज्ञान हासिल गर्न तथा जटिल प्रश्नहरुको उत्तर खोज्न सहयोग प्राप्त गर्ने जनाएको छ । नेपालको सघन उपचारको विकासमा अनुसन्धान मुख्य आधार रहेको विषयलाई दर्शाउने उद्देश्यकासाथ काम गर्दै आएका एनआइसीआरएफले देशकै ठूलो संरचना र क्षमतासहितको सघन उपचार विभाग रहेको नेपाल मेडिसिटीसँग सहकार्य गर्न लागेको हो ।

उपचार सिलसिलाका अनुभवका आधारमा खोजिएका जानकारीको प्रशोधन गर्दै उपयोगी तथ्यांकहरुबाट प्राप्त निश्कर्षलाई चिकित्सा सेवामा प्रयोग गर्न सकिने अस्पतालले जनाएको छ । जसका लागि एनआइसीआरएफले नेपाल मेडिसिटीका कर्मचारीहरुसँग समन्वय गर्नेछ । अस्पतालको सघन उपचारमा भर्ना भएका बिरामीहरुको सबै व्यक्तिगत जानकारीलाई गोप्य राखी कुनैपनि व्यक्ति किन भर्ना हुनुपर्यो, कति दिन उपचार भयो, के–कस्ता उपचार विधि अपनाइयो, बिरामी सुरक्षा संयन्त्र कसरी अपनाइयो जस्ता जानकारीहरु रिसर्च इकाईले राख्नेछ ।

नेपाल मेडिसिटीले आफ्नो उपचार प्रक्रियामा उत्कृष्ट प्रविधि, पूर्वाधार र जनशक्ति मात्र नभई खोज तथा अनुसन्धानमूलक ज्ञानको पनि उत्कृष्ट प्रयोग गर्दै आएको अस्पतालका चीफ अफ क्लिनिकल सर्भिसेज एण्ड एजुकेशन प्रा.डा.निलमणी उपाध्यायले बताए । यस सम्झौताले क्रिटिकल केयरको सुक्ष्म अध्ययन गर्न र सेवालाई थप गुणस्तरीय बनाउन सहयोग पुर्‍याउने आशा उनले राखेका छन् ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  १ : ०० बजे

रास्वपालाई प्रत्यक्षबाटै बहुमत नजिकको सिट : यी हुन् संसद् यात्रा तय गरेका १२५ अनुहार

काठमाडौं– दुईवटा निर्वाचन फेस गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ नै झन्डै

अमेरिकाले आकस्मिक सेवा बाहेकका कर्मचारीलाई वाणिज्य दूतावासबाट बाहिर जान निर्देशन

एजेन्सी– वाशिङ्गटनले टर्कीएको अदाना शहर नजिकै रहेको वाणिज्य दूतावासबाट अतिआवश्यक

पर्यटकीय गन्तव्य बन्दै लमजुङको ‘घनपोखरा होमस्टे’

घनपोखरा– लमजुङको मर्स्याङदी  गाउँपालिका–१ स्थित नायुँ र घनपोखरा होमस्टे पछिल्लो

प्रतिनिधिसभा सदस्य निर्वाचन : काठमाडौँमै आठ हजार १९७ मत बदर

काठमाडौं– यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सबैभन्दा

आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता निष्क्रिय हुने

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचनका