किमले गरे चिनियाँ राष्ट्रपतिको प्रशंसा | Khabarhub Khabarhub

किमले गरे चिनियाँ राष्ट्रपतिको प्रशंसा


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्योङयाङ– उत्तर कोरियाली नेता किम जोङ उनले बेइजिङ ओलम्पिकलाई ‘ठूलो विजय’ भन्दै चीनका राष्ट्रपति सी जिनपिङलाई बधाइ दिएका छन् । ‘विश्वव्यापी स्वास्थ्य संकट र अप्रत्यासित गम्भीर परिस्थितिका बाबजुद बेइजिङ हिउँदे ओलम्पिकको सफल उद्दघाटन समाजवादी चीनले प्राप्त गरेको अर्को ठूलो विजय हो,’ किमले राष्ट्रपति सीलाई पठाएको पत्रमा उल्लेख छ ।

आफूले दुई पक्ष र दुई देशबीचको बीचको सम्बन्धलाई निरन्तर नयाँ उचाइमा पुर्‍याउने किमले बताएका छन् । हिउदे ओलम्पिक शुक्रबार राजधानी बेइजिङमा हुँदैछ ।

यसैबीच राष्ट्रसंघको सुरक्षा परिषदले उत्तर कोरियाको मिसाईल परीक्षणबारे छलफल गर्ने भएको छ । उत्तरले मध्यमदूरीको व्यालिस्टिक मिसाइल (आईबीएम) सहित जनबरी महिनामा मात्र ७ ओटा मिसाइल परीक्षण गरेको छ । उसले सन् २०१७ पछि आइतबार पहिलो पटक आईबीएम प्रहार गरेको थियो ।

उत्तर कोरियाको आणविक परीक्षणलाई लिएर राष्ट्रसंघले उमाथि बिभिन्न प्रतिबन्ध लगाउँदै आएको छ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  १ : ३० बजे

राष्ट्रियसभा सदस्य अञ्जान शाक्यले लिइन् सपथ

काठमाडौं– राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले पद तथा गोपनीयताको सपथ

पूर्वाधार कार्यालय गौरमा लगाएको ताला कांग्रेस आफैले खोल्यो

रौतहट– कांग्रेस नेताहरूले पूर्वाधार विकास कार्यालय गौरमा चारदिन अघि गरेको

नेपालमा भारतीय लगानी प्रोत्साहन गर्छौँ : राजदूत श्रीवास्तव

काठमाडौं– नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारले विभिन्न

बेथिति र विकृतिको अन्त्य गर्न आन्दोलनको विकल्प छैन् : कमल थापा

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा देखिएको बेथिती

८ अर्ब लगानीमा काठमाडौंकै ठूलो विद्युत् प्रसारणलाइन र सव-स्टेशन उद्घाटन

काठमाडौं- काठमाडौं उपत्यकाकै सबैभन्दा ठूलो विद्युत सब-स्टेशन र प्रसारणलाइन उद्घाटन