किसानलाई गोठालो भत्ता « Khabarhub

किसानलाई गोठालो भत्ता


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा गोठालो भत्ता दिने निर्णय गरेको छ । कर्णाली प्रदेशका हिमाली जिल्लामा कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पा जिल्लामा ५० भन्दा बढी भेडा ब्राखा पाल्ने किसानलाई गोठालो भत्ता निर्णय गरेको हो ।

५० भन्दा बढी भेडाब्राखा पाल्ने किसानलाई मासिक एक हजार ५०० गोठालो भत्ता पाउने कर्णाली प्रदेश सरकारले निर्णय गरेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले जानकारी दिए । ‘५० भन्दा बढी भेडाब्राखा पाल्ने किसानको लगत संकलन भइरहेको छ,’ उनले भने, ‘लगत संकलन भएपछि ५० भन्दा बढी भेडाब्राखा पाल्ने किसानले वार्षिक एकमुष्ट १८ हजार रुपैयाँ पाउने छन् ।’

भेडाब्राखा पाल्ने किसानलाई गोठालो भत्ता दिनका लागि चालु आर्थिक वर्षमा ७२ लाख रुपैयाँ विनियोजन गरिएको प्रवक्ता कठायतले जानकारी दिए ।

भेडाब्राखा पाल्ने किसानलाई गोठालो भत्ताका लागि अहिले जिल्ला पशु अस्पताल तथा पशु सेवा कार्यालयका गलत संकलन भइरहेको प्रवक्ता कठायतले बताए ।

गोठालो भत्ताका लागि जुम्लामा भेडाब्राखापालक किसानको लगत कार्य सम्पन्न भएको र जुम्लाका २६५ किसानले निवेदन दिएको त्यसमध्ये एक ५० किसानहरूले गोठालो भत्ता पाउने पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतले बताए ।

कालीकोटको पचालझरना गाउँपालिकाले दुई वर्षदेखि गोठालो भत्ता दिँदै
कालीकोटको पचालझरना गाउँपालिकाले पशुपालक किसानलाई गोठालो भत्ता दिएको छ । किसानहरूलाई पशुपालनमा प्रोत्साहन गर्नका लागि गाउँपालिकाले पशुपालक किसानलाई गोठालो भत्ता दिएको हो ।

गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ देखि पशुपालक गर्ने किसानलाई गोठालो भत्ता दिने कार्यविधि ल्याएको थियो । कार्यविधिअनुसार नै गाउँपालिका भित्र व्यावसायिक भेडा तथा बाख्रापालन र अन्य पशुपालन गर्ने किसानलाई गोठालो भत्ता दिइएको हो ।

गाँउपालिकाभरिका व्यावसायिक रुपमा ५० भन्दा बढी भेडा बाख्रापालन गरिरहेका सबै कृषकहरूको तथ्याङक संकलन गरी आर्थिक वर्ष २०७६÷०७७ देखि प्रोत्साहन भत्ता स्वरुप ५० वटादेखि १०० वटासम्म भेडा, बाख्रा पाल्ने कृषकलाई मासिक एक हजार र १०० वटादेखि माथि भेडाबाख्रा पाल्ने किसानलाई मासिक दुई हजारका दरले सम्बन्धित किसानको बैंक खातामा नै जम्मा गरिएको गाउँपालिका पशु शाखा प्रमु वीरेन्द्रबहादुर बमले बताए । गाउँपालिकाभरी ५० वटादेखि १०० सम्म भेडा तथा बाख्रापालन गर्ने ६५ जना किसान छन् ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  २ : १५ बजे

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर

क्वार्टरफाइनल समीकरण पूरा, कुन टिम कोसँग ?

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा क्वार्टरफाइनल समीकरण पूरा भएको

कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै

१३ मिनेटमा ३ गोल गर्दै इजिप्टविरुद्ध अर्जेन्टिनाको पुनरागमन जित

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना अन्तिम ८ मा

आज २०८३ साल असार २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २४ गते बुधबार सन् २०२६