पाँच वर्षको तलब भत्ता बालबालिका र विद्यालयलाई « Khabarhub

पाँच वर्षको तलब भत्ता बालबालिका र विद्यालयलाई


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

भक्तपुर–सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापामगरले आफू जननिर्वाचित भएपछि पाँच वर्षे कार्यकालमा पाएको सम्पूर्ण तलब भत्ता एवं पारिश्रमिक विद्यालयलाई सहयोग प्रदान गरेका छन् ।

विद्यालयमा आउने गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न तथा कापी, कलम, किताब किन्न नसक्ने बालबालिकालाई शैक्षिक सामग्री प्रदान गर्ने उद्देश्यले उनले विद्यालयमा स्थापना भएको ‘जगत भैरव प्रतिष्ठान’ लाई पाँच वर्षको तलब भत्ताबापतको रु १५ लाख हस्तान्तरण गरेका हुन् ।

वडाध्यक्ष थापामागरले भने, ‘मैले आफू जनप्रतिनिधि भएपछि पाएको पाँच वर्षको सम्पूर्ण तलब, भत्ता गरी रु १५ लाख यस विद्यालयका लागि स्थापना भएको ‘जगत भैरव प्रतिष्ठान’ को अक्षय कोषलाई आजकै मितिबाट हस्तान्तरण गरेको छु, अब यो क्षेत्रमा कोही पनि गरिब विद्यार्थीले शुल्क तिर्न नसकेर वा शैक्षिक सामग्री नभएर पढाइबाट वञ्चित हुनुपर्दैन ।’

सूर्यविनायक नगरपालिकाले यहाँका वडाध्यक्षलाई एक सवारीसाधन (मोटरसाइकल), उक्त साधनका लागि पेट्रोल र बैठक भत्ता उपलब्ध गराउँदै आएको थियो । नगरपालिकाबाट पाउने कुनै पनि सुविधा नलिएको बताउँदै उनले भने, ‘म वडाध्यक्ष भएपछि नगरपालिकाले दिएको सवारीसाधन पनि लिइन, मैले नगरपालिकाबाट एक रुपैयाँको तेल पनि लिएको छैन, मैले तलब भत्ता पनि लिन्न भनेको थिएँ, तर सांसद महेश बस्नेतले तलब भत्ता लिएर सामाजिक कार्यमा लगाउनुस् भन्ने सुझाब दिएपछि उक्त रकम मैले गरिब विद्यार्थीका शिक्षाका लागि खर्च गर्ने गरी अक्षयकोषलाई हस्तान्तरण गरेको छु ।’

अक्षयकोषमा रहने रकमबाट उक्त विद्यालयमा आउने गरिब, जेहेन्दार विद्यार्थीका लागि शिक्षाको पहुँच पुर्‍याउन, पैसा नभएर कापी, कलम, किताब किन्न नसक्ने कोही पनि पढाइबाट वञ्चित हुन नपरोस् भनेर अक्षयकोष स्थापना गरी रकम प्रदान गरेको उनले बताए । अक्षयकोषका लागि नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं सांसद महेश बस्नेतले आफ्नो एक महिनाको तलब प्रदान गर्ने घोषणा गरे ।

त्यस्तै निक भुजिकिक हाउजिङ प्रालिले रु १० लाख, झ्यामो घ्याङ हाउजिङ प्रालिले रु १० लाख र प्रतिष्ठानका अध्यक्ष द्वारिकाप्रसाद सत्यालले रु एक लाख सहयोगसहित एकै दिन अक्षयकोषमा रु ३७ लाख जम्मा भएको छ । वडाध्यक्ष थापामगरले आफ्ना स्वर्गीय हजुरबुबा जगत र बुबा भैरव थापामगरको नाममा स्थापना गर्नुभएको प्रतिष्ठानको अक्षयकोषमा रु एक करोड पु¥याउने लक्ष्य लिएको उनले बताए ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  २ : ४५ बजे

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर

क्वार्टरफाइनल समीकरण पूरा, कुन टिम कोसँग ?

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा क्वार्टरफाइनल समीकरण पूरा भएको

कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै

१३ मिनेटमा ३ गोल गर्दै इजिप्टविरुद्ध अर्जेन्टिनाको पुनरागमन जित

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना अन्तिम ८ मा

आज २०८३ साल असार २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २४ गते बुधबार सन् २०२६