प्रशासनको आदेशविपरीत गाउँपालिका अध्यक्षले गरे भोज « Khabarhub

प्रशासनको आदेशविपरीत गाउँपालिका अध्यक्षले गरे भोज


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– कोरोनाभाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालयबाट जारी भएको आदेशविपरीत सप्तरीको रूपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले भोज गरेका छन् ।

कोरोना नियन्त्रण तथा रोकथामका लागि भन्दै जिल्ला प्रशासनले २५ जनाभन्दा बढी भेला हुन नपाइने, सभा, सम्मेलन गर्न नपाउने आदेश जारी गरेको छ । तर, यस आदेश र स्वास्थ्य सुरक्षाको मापदण्डविपरीत अध्यक्ष यादवले आफ्नो आमाको १३औँ दिनको पुण्यतिथिमा सयौँ मान्छे सहभागी गराएर भोज गरेका हुन् ।

उनले पाँचवटा सभा गरेर सयौँ मानिसलाई भोजमा सहभागी गराएका हुन् । पाँच सभा भोजमा १० देखि २५ गाउँका मानिस सहभागी थिए । अध्यक्ष यादवको आमाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ३ : ३० बजे

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका