खुल्ने भए दिल्लीका विद्यालय « Khabarhub

खुल्ने भए दिल्लीका विद्यालय


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– कोभिडको तेस्रो लहर सामना गरिरहेको भारतमा विस्तारै प्रतिबन्धहरु खुकुलो बनाउन थालिएको छ । दैनिक संक्रमितको संख्या घट्न थालेपछि कोभिड नियन्त्रणका लागि लागू गरिएका प्रतिबन्धहरु पनि खुकुलो बनाउदै लगिएको हो । जसअनुसार दिल्लीमा विद्यालय र जिम हल खोल्न अनुमति दिइएको छ ।

दिल्ली विपद् व्यवास्थापन निकाय (डीडीएमए) का अनुसार जिम हललाई केही प्रतिबन्धसहित खुला गर्न अनुमति दिइएको छ भने शैक्षिक संस्थाहरु विभिन्न चरणमा खुला गरिनेछ । जसअनुसार ७ फेब्रुवरीबाट कक्षा ९ दखि १२ सम्मका विद्यार्थीका लागि भौतिक रुपमा कक्षा सञ्चालन हुनेछन् । तर, खोप नलगाएका शिक्षक विद्यालय जान पाउने छैनन् ।

दिल्लीमा रात्रीकालीन कर्फ्यू जारी रहनेछ, तर यसअघि राति १० बजेदेखि लाग्दै आएको कर्फ्यूको समयावधी एक घन्टा घटाइएको छ । त्यस्तै, शत प्रतिशत कर्मचारीको भौतिक उपस्थितिमा कार्यलय सञ्चालन गर्न अनुमति दिइएको छ ।

भारतमा पछिल्लो २४ घन्टामा एक लाख ४९ हजार ३९४ जनामा कोभिड संक्रमण देखिएको छ । त्यस्तै पछिल्लो २४ घन्टामा एक हजार ७२ जनाको संक्रमणका कारण मृत्यु भएको भएको छ । योसँगै भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख नाघेको छ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ३ : ४५ बजे

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ