हावाहुरीका कारण धनुषामा २ र रौतहटमा एक जनाको मृत्यु « Khabarhub

हावाहुरीका कारण धनुषामा २ र रौतहटमा एक जनाको मृत्यु


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मधेस प्रदेश– धनुषामा हावाहुरीका कारण रुख ढल्दा दुई जनाको मृत्यु भएको छ ।

सबैला नगरपालिका–१२ स्थित फकिरचन्द्र माध्यमिक विद्यालयमा रहेको मसलाको रुख ढल्दा ८ वर्षीया प्रतिमाकुमारी सदा र ७ वर्षीय अरविन्द सदाको मृत्यु भएको हो । दुवै जनाको घटनास्थलमै मृत्यु भएको धनुषा प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए ।

त्यस्तै, रौतहटको बौधीमाईमा घर ढल्दा ४५ वर्षीया फुलमतिया देवीको मृत्यु भएको छ ।

बौधीमाई नगरपालिका–१ स्थित इँटाको घर खस्दा उनको मृत्यु भएको रौतहट जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ३ : ३० बजे

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ