गृहमन्त्री अर्यालद्वारा काठमाडौं प्रहरी परिसरको अनुगमन « Khabarhub

गृहमन्त्री अर्यालद्वारा काठमाडौं प्रहरी परिसरको अनुगमन


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्याल तथा गृह मन्त्रालयका उच्चस्तरीय अधिकारीसहितको टोलीले आज जिल्ला प्रहरी परिसर काठमाडौँको अनुगमन तथा निरीक्षण गरेको छ ।

सो क्रममा गृहमन्त्री अर्यालले पुरुष तथा महिला हिरासत कक्षमा रहेका थुनुवाहरुसँग कुराकानी गरेका थिए । थुनुवाहरुले आफूहरुले प्राप्त गरिरहेको सुविधाप्रति सन्तुष्ट रहेको जानकारी गराएको मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले बताए ।

मन्त्री अर्यालका साथमा गृहसचिव राजकुमार श्रेष्ठ, मन्त्रालयको सुरक्षा समन्वय महाशाखाका प्रमुख एवं प्रवक्ता आनन्द काफ्ले, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका प्रमुख तथा सहप्रवक्ता रमा आचार्य, गृहमन्त्रीका निजी सचिव परशुराम पोखरेललगायतको सहभागिता थियो । उनले परिसर हातामा वृक्षरोपणसमेत गरेका थिए ।

अनुगमनको क्रममा मन्त्री अर्यालसहितको टोलीलाई परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले परिसरले प्रवाह गरिरहेको सेवा, विद्यमान अवस्था, तथा आगामी योजना साथै निर्वाचनपूर्व, निर्वाचनको समय र निर्वाचनपश्चात् सुरक्षा व्यवस्थापनमा अपनाइएको रणनीतिबारे जानकारी गराए ।

नेपाल प्रहरीको भूमिकाको उच्च प्रशंसा गर्दै मन्त्री अर्यालले नेपाल प्रहरी सामूहिक नेतृत्वको अवधारणाबाट अघि बढेकाले सरकार प्रहरी र नागरिकबीच सहकार्य बलियो भएको बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ९ : १६ बजे

नवलपरासीमा क्रेन दुर्घटना हुँदा ६ जना घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर

नेपाल प्रहरीका ५०९ जना प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

आज सातवटै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप उद्घाटनमा साकिरादेखि नोरा फतेहीसम्मले स्टेज तताउने

काठमाडौँ – विश्व फुटबल इतिहासमै पहिलोपटक तीन देश (अमेरिका, क्यानडा