अवरुद्ध सडक खुलाउन हिउँ पन्छाउँदै जुम्ला जिल्ला विपद् समिति « Khabarhub

अवरुद्ध सडक खुलाउन हिउँ पन्छाउँदै जुम्ला जिल्ला विपद् समिति


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– हिमपातका कारण अवरुद्ध सडक सञ्चालन गर्न जुम्ला जिल्ला विपद् समितिले हिउ पन्छाउन थालेको छ ।

बिहीबारदेखि परेको लगातारको हिमपातले अवरुद्ध भएको जुम्लाको सडक खुलाउन समितिले हिउँ पन्छाउन थालेको हो । हिमपातले सडक अवरुद्ध हुँदा जुम्लाका विभिन्न सडकखण्डमा दर्जनौँ सवारीसाधन रोकिएका छन् ।

हिमपातपछि अवरुद्ध बनेको सडक खुलाउन प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईं नेतृत्वको सुरक्षा निकायसहित टोली ऐरेनी तर्फ लागेको छ । प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार डोजरको सहायताले हिउँ पन्छाउँदै नाग्मसम्म पुगिसकिएको छ ।

अझै पनि हिमपात भइरहेकाले केही सवारी साधन फसेका छन् । तातोपानी क्षेत्रमा हिउँमा फसेका सवारी साधनको उद्धार गर्न नेपाली सेना, सशस्त्र प्रहरी बलसहितको एक टोली त्यस क्षेत्रतिर लागेको नन्दाबक्स गणका गणपति रविन थापाले बताए ।

हिमपातले कर्णाली राजमार्गको विर्तामोडमा ठूलो पहिरो गएको छ । पहिरोले यातायात अवरुद्ध भएको छ । जुम्ला विमानस्थलको हिउँ भने पन्छाउन सकिएको छैन ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ४ : ३२ बजे

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ