हावाहुरीका कारण मधेस प्रदेशको चौँथो वार्षिकोत्सव समारोह स्थगित « Khabarhub

हावाहुरीका कारण मधेस प्रदेशको चौँथो वार्षिकोत्सव समारोह स्थगित


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– हावाहुरी र वर्षाका कारण मधेस प्रदेशको प्रदेशसभाको चौँथो वार्षिकोत्सव समारोह स्थगित भएको छ ।

शुक्रबार बिहानदेखि नै हावाहुरीका साथै वर्षा भएपछि कार्यक्रमका लागि बनाइएको मञ्च नै पटक–पटक बिग्रिएपछि कार्यक्रम नै स्थगित गरिएको हो । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि प्रदेशसभाको वार्षिकोत्सवमा प्रदेशसभा सदस्यहरूलाई पुरस्कृत तथा सम्मान गर्ने कार्यक्रम राखिएको थियो ।

वार्षिकोत्सवको अवसरमा केही दिनअघि गरिएका विभिन्न खेलहरूमा विजेता सांसद तथा कर्मचारीहरूलाई पुरस्कृत तथा सम्मान कार्यक्रम रहेको थियो । त्यसैगरी, सभामा उत्कृष्ट भूमिका निर्वाह गर्ने सांसद र कर्मचारीलाई ५० हजारको दरले पुरस्कृत गर्ने कार्यक्रम रहेको थियो ।

मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा सांसद् तथा मन्त्रीहरू आए पनि हावाहुरी र वर्षाका कारण कार्यक्रम स्थगित भएपछि उनी पनि फर्किएका थिए ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ५ : ०३ बजे

रवि र बालेनसँग भारतीय प्रधानमन्त्री मोदीको फोन संवाद, जितका लागि दिए बधाई

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भएको निर्वाचनमा विशाल

गृहमन्त्री अर्यालद्वारा काठमाडौं प्रहरी परिसरको अनुगमन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्याल तथा गृह मन्त्रालयका उच्चस्तरीय अधिकारीसहितको

निर्वाचनले सुशासनयुक्त मुलुक निर्माणको पक्षमा अभिमत दियो : मुख्यमन्त्री शाह

कैलाली – सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले यही फागुन

नेतृत्व नसच्चिए एमाले अझै तहसनहस हुन्छः विजय सुब्बा

काठमाडौं – नेकपा एमालेका नेता विजय सुब्बाले आफ्नो पार्टीभित्र देखिएको

खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो

खोटाङ – प्रतिनिधिसभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको खोटाङमा समानुपातिकतर्फ