हावाहुरीका कारण मधेस प्रदेशको चौँथो वार्षिकोत्सव समारोह स्थगित « Khabarhub

हावाहुरीका कारण मधेस प्रदेशको चौँथो वार्षिकोत्सव समारोह स्थगित


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– हावाहुरी र वर्षाका कारण मधेस प्रदेशको प्रदेशसभाको चौँथो वार्षिकोत्सव समारोह स्थगित भएको छ ।

शुक्रबार बिहानदेखि नै हावाहुरीका साथै वर्षा भएपछि कार्यक्रमका लागि बनाइएको मञ्च नै पटक–पटक बिग्रिएपछि कार्यक्रम नै स्थगित गरिएको हो । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि प्रदेशसभाको वार्षिकोत्सवमा प्रदेशसभा सदस्यहरूलाई पुरस्कृत तथा सम्मान गर्ने कार्यक्रम राखिएको थियो ।

वार्षिकोत्सवको अवसरमा केही दिनअघि गरिएका विभिन्न खेलहरूमा विजेता सांसद तथा कर्मचारीहरूलाई पुरस्कृत तथा सम्मान कार्यक्रम रहेको थियो । त्यसैगरी, सभामा उत्कृष्ट भूमिका निर्वाह गर्ने सांसद र कर्मचारीलाई ५० हजारको दरले पुरस्कृत गर्ने कार्यक्रम रहेको थियो ।

मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा सांसद् तथा मन्त्रीहरू आए पनि हावाहुरी र वर्षाका कारण कार्यक्रम स्थगित भएपछि उनी पनि फर्किएका थिए ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ५ : ०३ बजे

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ