उदयपुरमा हिमपातसँगै जनजीवन प्रभावित « Khabarhub

उदयपुरमा हिमपातसँगै जनजीवन प्रभावित


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– पश्चिमी न्यूनचापीय प्रणालीको शक्तिशाली प्रभावका कारण वर्षासँगै उदयपुरको उत्तरी भेगमा दशकपछि बाक्लो हिमपात भएको छ । बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म वर्षासँगै हिमपात भएको हो ।

हिमपातसँगै चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ । उदयपुरको उच्च पहाडी क्षेत्रमा हिउँ परेपछि नजिकको तराई फाँटदेखि पहाडी भेगमा चिसो बढेको छ ।

उदयपुरको सबैभन्दा अग्लो स्थान रौतामाई गाउँपालिका–१ माझखर्क चित्रेथाम र दोबाटेमा बाक्लो हिमपात भइरहेको स्थानीयवासी सरोज थापा मगरले बताए । उनले सामान्य हावाहुरीसँगै हिमपात एकैपटक परेपछि सर्वसाधारणलाई घरबाट बाहिर निस्कन तथा आवतजावतमा समस्या भएको बताए ।

चित्रेथानमा दशक यताकै सबैभन्दा बढी बाक्लो हिमपात भएको बताइएको छ । रौतामाई गाउँपालिका–१ नामेटारको चित्रेथानमा हिउँ खेल्न विभिन्न स्थानबाट सर्वसाधारण आउने क्रम जारी रहेको मगरले बताए ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  ६ : १२ बजे

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका