महामारीमा महिला हिंसा वृद्धि « Khabarhub

महामारीमा महिला हिंसा वृद्धि


२१ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड–१९को महामारीका बेलामा पनि महिला विरुद्धको हिंसाका घटनामा वृद्धि भएको छ । राष्ट्रिय महिला आयोगमा पदाधिकारीको एक वर्ष पुगेको अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा यही माघ २ गतेदेखि २० गतेसम्म मात्र २९४ वटा महिलाविरुद्ध भएका घटना दर्ता भएको जानकारी दिइएको हो ।

आयोगका अध्यक्ष कमला पराजुलीले यही माघ महिनामा भौतिकरुपमा उपस्थित भएर घटना दर्ता गराउनेको मात्र तथ्याङ्क भएको र टोल फ्री नम्बरबाट पनि त्यतिकै घटनाका उजुरी दर्ता भएको बताइन ।

आयोगले गम्भीर प्रकृतिका घटना स्थलगत अनुगमन गरी नेपाल सरकारलाई सुझाव प्रदान गरी पीडितलाई सहयोगसमेत प्रदान गरेको छ । सातै प्रदेशका विभिन्न जिल्लामा गई विभिन्न सेवा प्रदायक निकायको अनुगमन गरेको छ ।

एक वर्षमा भएका हिंसाका घटनामा आयोगले सहयोग गरेको छ । त्यसमा गोदावरीमा मट्टीतेल खन्याई जलाइएकी मुना मगरलाई लैंगिक हिंसा निवारण कोषबाट रु पाँच लाख उपलब्ध गराइएको छ । डोटीमा मट्टीतेल खन्याई जलाइएकी लक्ष्मी भाटलाई लैंगिक हिंसा निवारण कोषबाट रु पाँच लाख उपलब्ध गराइएको छ भने बलात्कारको प्रयास भएकी महिलालाई सोही कोषबाट रु तीनलाख उपलब्ध गराइएको छ ।

स्वयम्भुमा बोक्सीको आरोपमा चरम यातना दिइएकी महिलालाई कोषबाट रु पाँच लाख उपलब्ध गराइएको भने छ. काठमाडौँ जोरपाटीबाट सडकमा अलपत्र परेका वृद्ध दम्पत्तिलाई उद्धार गरी वृद्धाश्रममा पुनःस्थापना गरेको छ ।

त्यस्तै, आयोगले मानसिक समस्या भइ समयमै उपचार नपाइ खोरमा थुनिएकी फाल्गुनन्द गाउँपालिका–४ चिलिङ्गदिनकी ३५ वर्षीया नन्दकुमारी नेम्वाङको यही माघ ९ गते उद्धार गरी काठमाडौँमा पुनःस्थापना गृहमा राखी उपचार गरिरहेको छ । आयोगले सरकारका सरोकारवाला निकायसँग कोरोनाको महामारीका समयमा लैङ्गिक हिंसा रोकथाम एवं नियन्त्रणका लागि उच्चस्तरीय समिति र सरोकारवालासँग छलफलसमेत गरेको छ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार  १० : ४५ बजे

रवि र बालेनसँग भारतीय प्रधानमन्त्री मोदीको फोन संवाद, जितका लागि दिए बधाई

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भएको निर्वाचनमा विशाल

गृहमन्त्री अर्यालद्वारा काठमाडौं प्रहरी परिसरको अनुगमन

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्याल तथा गृह मन्त्रालयका उच्चस्तरीय अधिकारीसहितको

निर्वाचनले सुशासनयुक्त मुलुक निर्माणको पक्षमा अभिमत दियो : मुख्यमन्त्री शाह

कैलाली – सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले यही फागुन

नेतृत्व नसच्चिए एमाले अझै तहसनहस हुन्छः विजय सुब्बा

काठमाडौं – नेकपा एमालेका नेता विजय सुब्बाले आफ्नो पार्टीभित्र देखिएको

खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो

खोटाङ – प्रतिनिधिसभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको खोटाङमा समानुपातिकतर्फ